पत्रकार सुरेश रजकको हत्याको विरोधमा स्याङ्जका पत्रकार सडकमा

0
21
Google search engine

वालिङ, १७ चैत ।
काठमाडौमा चैत १५ गते राजसंस्था पुर्नस्थापनाको नाममा भएको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या र सञ्चार क्षेत्रमाथि भएको आक्रमणको बिरोधमा कालो पट्टी बाधेर नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाका पत्रकारहरुले बिरोध जनाएका छन् । जिल्लाको गल्याङ, वालिङ, स्याङ्जा सदरमुकाममा छुट्टाछुट्टै कार्यक्रम गरी पत्रकारहरुले विरोध जनाएका हुन् । आईतबार पत्रकारहरुले कार्यस्थलमा कालोपट्टी बाँधेर काम गरेका छन् । स्याङ्जाका विभिन्न स्थानमा गरिएका कार्यक्रममा प्रेस माथिको आक्रमण बन्द गर, पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, पत्रकारमाथिको हिंसा बन्द गर, पत्रकार हत्या र सञ्चार माध्यम माथिको ज्यादती बन्द गरलगायतका प्लेकार्ड समेत प्रर्दशन गरिएको थियो ।
वालिङमा गरिएको कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला, प्रदेश सदस्य तथा निर्वतमान अध्यक्ष श्रीकृष्ण सिग्देलसहित यहाँका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष कोईरालाले महासंघको केन्द्रिय निर्णय अनुसार नै आईतबार कालोपट्टी बाँधेर विरोध कार्यक्रम गरिएको र आज देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाईने बताउनुभयो । समाजलाई सूसुचित बनाउने पत्रकार नै आन्दोलनको सिकार बन्नुपर्ने, मिडिया हाउसहरु आन्दोलनकारीको निसानामा पर्नु लोकतन्त्रको विपरित भएको भन्दै सरकारले पत्रकार तथा पत्रकारिता जगतको ग्यारेन्टी तथा सुरक्षा गर्नुपर्ने अध्यक्ष कोईरालाले बताउनुभयो ।

Google search engine
Google search engine