आरती कुँवर
वालिङ, १४ चैत ।
विदाको समयमा सिर्जनात्मक लेखनसम्बन्धी सामाजिक विकास कार्यालय स्याङ्जाले विद्यार्थीहरुलाई गृहकार्य दिने भएको छ । वैशाख महिनाभर सिर्जनात्मक लेखनसम्बन्धी प्रतियोगित्तामक कार्यक्रम स्याङ्जाका ११ वटै पालिकामा सञ्चालन हुने सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो । स्याङ्जाका ११ वटा पालिका अन्र्तगतका विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई वार्षिक परिक्षा सकिएपछिको खालि समयको सदुपयोग गराउने उदेश्यले उक्त कार्यक्रम गर्न लागिएको प्रमुख पौडेलले बताउनुभयो ।
पछिल्लो समय विभिन्न सामाजिक काममा अग्रसर बनेको कार्यालयले विद्यार्थीहरुको लेखनकला विकासको लागि पनि महत्वपुर्ण कार्यक्रम गर्ने योजना अनुरुप अगाडी बढेको प्रमुख पौडेलले बताउनुभयो । कार्यालय प्रमुख पौडेलका अनुसार बालबालिकाहरुमा घोकेर, कण्ठ गरेर, अरुको नक्कल गरेर पढ्ने बानि भएकाले उनीहरु भित्र रहेको सिर्जनात्मक कला लोप हुन थालेको छ । बालबालिकाको मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमले अरुसमक्ष पुर्याउन, तार्किक क्षमताको विकास गर्न र बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रम समावेश गरिएको उहाँको भनाई छ ।
“उहाँले भन्नुभयो”, अहिले विद्यालयका विद्यार्थीहरु आफ्नो वार्षिक परिक्षा सकेर घरमा रहेका छन् उनीहरुलाई विहान बेलुका केही समय अध्ययन गर्ने बानीको निरन्तरता दिन पनि यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सिर्जनात्मक कार्यशालाले बालबालिकालाई एकातिर मस्तिष्कलाई मन्थन गर्नमा सहयोग गर्दछ भने अर्कोतिर मस्तिष्कको निर्मलीकरणमा विशेष भूमिका खेल्ने पौडेलको विश्वास छ ।
विद्यालयले छनौट गरेका विद्यार्थीहरुबीच स्याङ्जाको ११ वटै स्थानीय तहमा प्रतिस्पर्धा हुनेछ र प्रत्येक पालिकाबाट छनौट भएका उत्कृट तीन भित्र पर्न सफल विद्यार्थीहरुबीचमा जिल्लास्तरीय प्रतिस्पर्धा हुनेछ । सबै स्थानीय तह र जिल्लामा हुने प्रतियोगिताको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा समाजिक विकास कार्यालय स्याङ्जाले नै गर्ने छ । पालिका स्तर र जिल्ला स्तरमा हुने प्रतियोगीतामा ४८ जना विद्यार्थीहरुलाई प्रथम, द्धितीय, तृतीय र सान्त्वना पुरस्कार र प्रमाणपत्र प्रदान गरिने कार्यालयले जनाएको छ ।
उक्त प्रतियोगितामा कक्षा ८ देखी १२ सम्म विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु सहभागि हुन पाउनेछन् । विभिन्न ३० वटा शिर्षकमा विद्यार्थीहरुले अभ्यास गरी त्यसमध्येबाट गोला प्रथाद्धारा विद्यार्थीले छनौट गरेको कुनै एक शिर्षकमा सिर्जनात्मक लेखन प्रतियोगिता हुनेछ ।
गण्डकी प्रदेशको विकासका सम्भावना र चुनौतीहरु, नेपाली अर्थतन्त्रका आधारहरु, नेपालमा औद्योगिक पुर्नजागरण, जलविद्युत उत्पादन सम्भावना, समस्या र चुनौतीहरु, कृषिः विकास र गरिबी निवारणको आधार, साना तथा मझौला उद्योग र आयआर्जन, गण्डकी प्रदेशमा पर्यटन उद्योगको सम्भावना, समस्या र चुनौतीहरु, वैदेशिक रोजगारी सम्भावना र चुनौतीहरु, नेपालमा संघीय संरचना र दीगोपनका चुनौतीहरु, आदर्श राज्य स्थापनामा विद्यार्थीको भूमिका,
जलवायु परिवर्तन र यसका असरहरु, सुशासन कायम गर्न नागरिकको भूमिका, मैले चाहेको मेरो समाज, सामाजिक समस्याहरु र समाधानका उपायहरु, छिटो विवाह र भविष्यका चुनौतीहरु, विपद्का कारण, असर र न्यूनिकरणका उपायहरु, नेपाली समाजको विशेषता, अनेकतामा एकता, धार्मिक सहिष्णुता र मेरो दायित्व, नेपालको विकास र रुपान्तरणमा सहिदहरुको योगदान, साईबर अपराधः नागरिक र सुरक्षा निकायको भूमिका,
स्वस्थ जीवनका लागि योग र ध्यान, हाम्रा धार्मिक तथा साँस्कृतिक सम्पदा र मेरो जिम्मेवारी, हाम्रा मार्गदर्शक जेष्ठ नागरिक प्रति मेरो र सरकारको भूमिका, वातावरण संरक्षणमा मेरो दायित्व, शिक्षामा सूचना तथा सञ्चार प्रविधिको महत्व, विद्यालयमा अभिभावकको भूमिका, विकास प्रकृयामा विज्ञान प्रविधिको प्रयोग, सृजनशिल विद्यार्थी र शिक्षक अनि गुणस्तरीय शिक्षा, विकास प्रकृयामा सामाजिक संघ संस्थाको भूमिका र नसर्ने रोग र चुनौतीहरु शिर्षकहरु रहेका छन् ।