द राइजिङ ग्रुपले होलि मिलन कार्यक्रम गर्ने भएको छ । चापाकोट नगरपालिकामा २०७६ सालमा स्थापित युवाहरुको ग्रुप द राइजिङले विगतका वर्षमा जस्तै चापाकोट नगरपालिका वडा न ९सुन्तली टार बजारमा २९ गते होलिका दिन होलि मिलन कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रममा अदृश्य किरण ब्याण्ड पोखरा सहित विभिन्न कलाकारहरूको प्रस्तुति रहनेछ। स्थानीय तथा राष्ट्रिय कलाकारहरू शिव हमाल, विमल अधिकारी, राजेश भण्डारी, साहिमा श्रेष्ठ, श्रीया थापाको सहभागिता रहने कार्यक्रममा उत्साहजनक उपस्थिति हुने द राइजिङ ग्रुपका सल्लाहकार गोपिकृष्ण रेग्मिले बताउनुभयो ।
द राइजिङ् ग्रुप चापाकोटद्वारा आयोजित यस कार्यक्रमले स्थानीय संस्कृति प्रवर्द्धन गर्दै होली पर्वलाई थप रङ्गीन बनाउने र केही रकम चापाकोटका आर्थिक अवस्था कमजोर विरामिका लागि सहयोग गर्ने गरि आर्थिक सकलन गरिएको आर्थिक संयोजक टोपलाल न्यौपाने राजुले बताउनुभएको छ।