वालिङ, २७ फागुन ।
स्याङ्जाको वालिङमा चेम्बर अफ कमर्शको आयोजामा जारी रहेको प्रथम पिंक सिटी महोत्सव २०८१मा भोली फागुन २८ गते नेपाली चलचित्र जगतका नायक पल शाह महोत्सवको मुख्य आकर्षणमा रहनुभएको छ । यस्तै गायक खुमन अधिकारी, गायिका कृष्णा गुरुङ, आधुनिक तथा पप गायक रुपक डोटेल लगायतका कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।