ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्थाको वित्तिय साक्षरता कार्यक्रम

0
364
Google search engine

वालिङ, २७ फागुन ।
ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेड मिर्दि साखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्ना सेवाग्राहीहरुका लागी वित्तिय साक्षरता कार्यक्रम गरेको हो । वालिङ ६ मिर्दिमा गरिएको साक्षरता कार्यक्रममा ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेड प्रदेश प्रमुख विनोद पराजुलीले आम्दानीलाई कसरी वचतमा परिणत गर्ने, दैनिक वचत कसरी गर्ने, फजुल खर्च कसरी कटौटी गर्ने, बचतलाई कसरी दिगो बनाउने, बचतले कसरी जिवनलाई सहज बनाउँछलगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । शर्मिला खांणको सभापतित्वमा सम्पन्न कार्यक्रममा ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेड मिर्दि साखाका इश्वरी रानाले कार्यक्रमको सञ्चालन र स्वागत स्टेशन प्रमुख प्रकाश लामिछानेले गर्नुभएको थियो । ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको देशभरी १२२ साखा रहेका छन् भने यसको प्रधान कार्यालय पोखरा विजयपुरमा रहेको छ । कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।

Google search engine
Google search engine