आरती कुँवर
वालिङ, २६ फागुन ।
वालिङ– ८, खेलमैदानमा जारी रहेको महोत्सवमा अहिले सम्म २५ हजार बढीले महोत्सवको अवलोकन गरेका छन् । फागुन् २१ गतेदेखी शुरु भएको प्रथम पिंक सिटी महोत्सव वालिङमा उद्घाटनका दिन बाहेकका चार दिनमा २५ हजार बढीले महोत्सवको अवलोकन गरेका वालिङ चेम्बर अफ कमर्श तथा महोत्सव प्रचारप्रसार समितिका संयोजक गणेश राउतले जानकारी दिनुभयो । महोत्सव शुरु भएदेखीका दिनहरुमा आउनुभएका दर्शकहरुका माध्यमबाट तथा सामाजिक सञ्जालबाट जानकारी पाएर महोन्त्सवमा दर्शकहरु बढ्दै गएको उहाँको भनाई छ ।
२४ गते शनिबारका दिन मात्रै ३५ सय जनाले टिकट काटेर महोत्सव अवलोकन गरेको तथ्यङ्क रहेको र स्थायी पास लिनुभएका समेत गरि शनिबार उल्लेख्य दर्शक महोत्सव अवलोकनका लागी आउनुभएको उहाँले जानकारी दिनुभयो । संयोजक राउतका अनुसार विगतका महोत्सव र अहिलेको महोत्सवमा धेरै कुराहरुमा समानता हुदाँहुदै पनि यो महोत्सवमा कृही मात्रामा फरकपन रहेको छ । प्रथम पिंक सिटी महोत्सवमा बृहत कृषि कार्यक्रम तथा बहस, काव्य गोष्ठी तथा जिल्लास्तरीय भलिबल प्रतियोगिता महोत्सवमा फरक तरिकाले प्रस्तुत गरिएको संयोजक राउतले जानकारी दिनुभयो । बृहत काव्य गोष्ठीमा देशैभरीका गरी १५ जना कविहरुको सहभागीता रहने छ ।
यस्तै महोत्सवमा सहयोगी संस्थाको भुमिकामा रहेको वालिङ जेसिजसंगको सहकार्यमा लागु औषध दुव्र्यसनी सम्बन्धी युवा सचेतना कार्यक्रम समेत महोत्सवको अर्को फरक आकर्षण रहेको छ । रमाइलो संगसंगै युवा वर्गलाई कुलतमा फस्नबाट रोक्नको लागी यो सचेतना महत्वपुर्ण हुने उहाँको विश्वास छ ।
आजदेखी भलिबल प्रतियोगिता शुरु हुदँैछ । उक्त प्रतियोगिताको उद्घाटन वालिङ नगरपालिका प्रमुख कृष्ण खाँणले उद्घाटन गर्नुहुनेछ । भलिवल अवलोकनका लागी २ हजार जना अट्ने क्षमताको प्याराफिट निर्माण गरिएको छ ।
वालिङ चेम्बर अफ कमर्शको आयोजनामा वालिङ खेलमैदानमा जारी रहेको महोत्सवमा २७५ स्टल रहेका छन् । ६५ वटा स्टलमा स्थानीय व्यापारीक स्टलहरु रहेका छन् जसमध्ये घरेलु तथा साना उद्योगको मागकामा ५ वटा र कृषिका लागी ७ वटा स्टल निशुल्क उपलब्ध गराइएको संयोजक राउतले जानकारी दिनुभयो । बाँकी रहेका स्टलहरु स्थानिय व्यापारिका लागी ३० देखी ३५ प्रतिशत छुट दिईएको छ ।
महोत्सवमा बालबालिका देखी वृद्धहरु समेत सहभागि हुनेभएकाले जेष्ठ नागरिकको परिचय पत्र तथा नागरिकताको आधारमा गेट प्रवेशमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस्तै अपांगता भएका व्यक्तिहरु, एकल महिला तथा ५ वर्ष मुनिका बालबालिकाहरुको लागी पनि निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । महोत्सवलाई व्यवस्थित बनाउनका लागी सुरक्षा व्यवस्थाका लागी सशस्त्र प्रहरिको टिम, प्राईभेट सेकुरिटी कम्पनीका टिम तथा स्वयंसेवकहरु परिचालन गरिएको छ । साथै सिसी क्यामेराबाट पनि निगरानी राखिएको राउतले जानकारी दिनुभयो ।
त्यस्तै बोलबम चोक, भिआईआईपी टोल देखी पतञ्जली, र खेलमैदानको पछाडीको भाग सम्म यातयात पार्किङको व्यवस्था समेत गरिएको छ । चार पाङ्ग्रे सवारी साधनको २० र दुई पाङ्ग्रे सवारी साधनको १० पार्किङ शुल्क निर्धारण गरिएको संयोजक राउतले जानकारी दिनुभयो । महोत्सव आगामी चैत्र ३ गते समापन हुनेछ ।