आज महाशिवरात्रि, स्याङ्जा सहित देशैभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भिड

0
108
Google search engine

वालिङ, १४ फागुन ।
आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदै छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मनाइन्छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा बिहानैदेखि चहलपहल शुरू भएको छ । बिहान दुई बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसैबीच स्याङ्जा लगायत दशैभरिका शिवालयमा पनि दर्शनार्थीको मन्दिर दर्शनका लागि बिहानैदेखी घुइँचो छ । स्याङ्जाकै प्रसिद्ध धार्मिक स्थल, सतिदेविको अन्तिम अंग पतन भएको छाँयाक्षेत्र शिव मन्दिर छाङ्छाङ्दीमा मन्दिर दर्शनको लागि बिहानैदेखि भक्तजनहरुको भिड लागेको छाङ्छाङ्दी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो । साथै शिवरात्रीको अवसरमा पवित्र कालीगण्डकी तट, राम्दी तथा सेतिवेणी शीलामा पनि स्नान तथा पुजापाठ गर्नेको भिड लागेको छ ।

Google search engine
Google search engine