वालिङ, १२ फागुन
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले महामन्त्री पदमा स्याङ्जाका युवराज पराजुलीलाई सर्वसम्मत चयन गरेको छ । विगत १८ वर्षदेखि अपांगता भएका व्यक्तिहरुको हक हितका लागि निरन्तर क्रियाशिल पराजुली स्याङ्जा अपांग समाजको संस्थापक अध्यक्ष, राष्ट्रिय अपांग महासंघ साविक पश्चिमाञ्चल विकास क्षेत्रको संयोजक, युवा रेडक्रस सर्कलको संस्थापक सभापति, रेडक्रस उपशाखाको निवर्तमान उपसभापति लगायतका दर्जनौं सामाजिक तथा व्यवसायिक संघसंस्थाका पदाधिकारी तथा सल्लाहकारको रुपमा सेवा गर्नुभएको छ । नेपाली कांग्रेसको १३ औ र १४ महाधिवेशन को केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा क्रियाशिल रहेको । हाल अपांगता शसक्तिकरण तथा सामुदायिक विकास केन्द्र –नेपालका अध्यक्ष, राष्ट्रिय शारीरिक अपांग महासंघ गण्डकी प्रदेशको उपाध्यक्ष, अपांगता विज्ञको रुपमा रहनुभएका उहाँ राष्ट्रिय लोकतान्त्रिक अपांग संघ स्याङ्जाको समेत संस्थापक अध्यक्ष हुनुहुन्छ ।गण्डकी प्रदेशका ११ जिल्लाको अधिवेशन सम्पन्न गरि गरिएको प्रदेश अधिवेशनले शंकरप्रसाद पराजुलीको अध्यक्षतामा १८ सदस्यीय प्रदेश समिति गठन गरिएको हो । अधिवेशन को उद्घाटन नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गर्नुभएको थियोे ।