वालिङ, २६ माघ ।
वालिङमा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको तेस्रो ऐतिहासिक क्याविनेट बैठक सम्पन्न भएको छ । शनिबार बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सेवा भावका साथ स्थापित अन्तराष्ट्रिय संस्था लायन्सले समाजलाई पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । क्लबले शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र सहित बिपदमा परेकाहरुको लागी सहारा बन्दै समाज परिर्वतनका लागी खेलेको भुमिका अनुकरणीय रहेको भन्दै यस्ता संघसंस्थाहरुले सरकारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याएको प्रमुख भट्टको भनाई थियो ।
कार्यक्रममा पुर्व मन्त्री सरस्वति अर्याल तिवारी, गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्याल, प्रदेश सांसदहरु कल्पना तिवारी र महेश भट्राई, लायन्स लिडर आईपिपि भीमलाल पौडेल, लायन्सका पिडिजि महेन्द्र पौडेल, लायन्सका पिएमसिसि गिरधारी शर्मा, वालिङ नगरप्रमुख कृष्ण खांण, उपप्रमुख कविता तिवारी, गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्राई, उपप्रमुख हेमा न्यौपाने, अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, क्लबका धनीराम बराल, किशोर बराल, शम्भुराज बास्तोलालगायतले बोल्नुभएको थियो ।
कार्यक्रम क्लबका ३२५ एमका गर्भनर चण्डीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन चेतनारायण श्रेष्ठ, झण्डाको अविवादन क्लब वालिङका अध्यक्ष स्वाँ श्रेष्ठ, झण्डाको प्रर्दशनी क्लब ग्रिन होमका अध्यक्ष विष्णु खड्काले गर्नुभएको थियो भने सञ्चालन क्याबिनेट सेक्रेटरी शिवराज आचार्यले गर्नुभएको थियो । कार्यक्रममा ११ जिल्लाका १४२ क्लबका लायन्सहरुको सहभागिता रहेको थियो । कार्यक्रम पुर्व लायन्सको प्रभातफेरीले वालिङ बजार परिक्रममा गरेको थियो ।
पतञ्जलीबाट शुरु भएको प्रभातफेरी एसबिआई चोक हुँदै डुम्रीकोटबाट विपिचोक स्थित शुभम पार्टी प्यालेसमा आएर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बालविद्या विकास मावि, साईनभिलेज एकेडेमी, वालिङ ग्रिन होमले सांस्कृतिक प्रस्तुति राखेका थिए ।
दुईदिनसम्म सञ्चालन भएको बैठकमा पहिलो दिन शुक्रबार क्लबको नयाँ योजना, पुराना योजनाहरुको समिक्षासहितका योजनाहरु प्रस्तुत गरिएको थियो भने शनिबार औपचारिक रुपमा बैठकको समापन गरिएको हो । बैठकलाई सम्बोधन गर्नुअघि प्रदेश प्रमुख भट्टले यहाँका धार्मिक स्थललगायतको अवलोकन समेत गर्नुभएको थियो ।