वालिङ १३ मा भगवान गौतम बुद्धको मुर्तिको प्राण प्रतिष्ठा

0
27
Google search engine

वालिङ, २४ माघ ।
नेपाल मगर संघ ईकाइ समिति वालिङ् १३ बाँयटारी झलुङ्गेले भगवान गौतम बुद्धको मुर्तिको प्राण प्रतिष्ठा गरेको छ । बाँयटारीमा रहेको नेपाल मगर ऐतिहासिक साँस्कृतिक संग्राहलय भवनमा गौतम बुद्धको प्राण प्रतिष्ठा गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले शान्तिपुर्ण जीवन बिताउनका लागि भगवान गौतम बुद्धका उपदेशहरु पालना गनुपर्ने बताउनुभयो । उहाँले गौतम बुद्धले देखाउनुभएको सत्यको मार्गमा हिड्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वालिङ १३ का वडा अध्यक्ष नमलाल डुम्रे, नेपाल मगर संघ वालिङ नगर अध्यक्ष क्याप्टेन विश्वप्रकाश थापा, नेपाल मगर बौद्ध सेवा समाज जिल्ला अध्यक्ष कृष्णा माया राना, नेपाल मगर संघ जिल्ला वरिष्ठ उपाध्यक्ष उमेश दर्लामी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा भिक्षु अशोक महाअष्टविर,थाई भिक्षु फ्रा.नाथ नथी सुथ्मभोले बौद्ध दर्शन सम्बन्धि प्रवचन दिनुभएको थियो ।
कार्यक्रम नेपाल मगर संघ ईकाइ समितिका अध्यक्ष धन बहादुर डाला मगरको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत नेपाल मगर बौद्ध सेवा समाज जिल्ला सदस्य चाँदनी सारु रानाले र सञ्चालन ईकाइ समितिका सचिव प्रेम राना मगरले गर्नुभएको थियो । नेपाल मगर संघ इकाई कमिटी द्वारा आयोजित मुर्ति प्रतिष्ठान कार्यक्रमको मुर्ति थाइल्यान्डका भिक्षुहरु द्वारा सौजन्य गरिएको थियोे ।

Google search engine
Google search engine