वालिङ साना किसान कृषि सहकारी संस्थाको छैठौँ साधारण सभा

0
363
Google search engine

वालिङ, २८ मंसिर ।
वालिङ साना किसान कृषि सहकारी संस्था लिमिटेड वालिङ ९ को छैठौँ साधारण सभा शुक्रबार वालिङमा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै साना किसान बैंक पोखरा साखाका प्रमुख पदम रेग्मीले सहकारीले स–साना पुँजीलाई एकिकृत गर्ने र आफ्ना सदस्यहरुको आर्थिक अवस्थालाई सुधार गर्न सहयोग गर्ने बताउनुभयो ।
पछिल्लो समय सहकारीहरुमा देखिएको समस्यालाई सुक्षम तरिकाले अध्ययन गरी यस्ता समस्या सृजना हुँन नदिनका लागी सदस्य स्यंव चनाखो भई आफ्नो संस्थाको बारेमा सँधै अपडेट भईरहनुपर्नेमा जोड दिनुभयो । वालिङ साना कृषि सहकारीले किसानहरुको हितमा सामुहिक रुपमा लगानी गर्दै आएको र फलस्वरुप संस्था राम्रो भईरहेको उहाँले बताउनुभयो । कार्यक्रममा फुलबारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शोभाकान्त पौडेल, ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था वालिङ ६ मिर्दिका उपाध्यक्ष नेत्रप्रसाद पाण्डे, जनकल्याण साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दामोदर तिवारी, सेयर सदस्यहरुको तर्फबाट छाँया लुँईटेललगायतले सहकारी आफ्ना निति र सिद्धान्तअनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उत्कृष्ठ बाल बचतकर्ता, उत्कृष्ट बचतकर्ता १५० समुह मध्येबाट ६ समुह, संस्थामा रहेर नेतृत्व विकास गरेका २२ जना महिलाहरुलाई सम्मान गरिएको थियो भने बाख्रापालन तर्फ उत्कष्ट कृषक वालिङ ११ का अर्जुन तिवारी, वालिङ ९ का तरकारी खेतितर्फ विष्णु पराजुली, भैँसीपालनतर्फ पूजा सुवेदी र पशुपालनतर्फ केदार गैह्रै लाई आफ्नो पेसा अनुसारको औजार प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सिता पाण्डे डुम्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष सरस्वति सुवेदी क्षेत्रि र संचालन सचिव लक्ष्मी पौडेल कुँवरले गर्नुभएको थियो । संस्थामा १ हजार सेयर सदस्यहरु रहेका छन् ।

Google search engine
Google search engine