वालिङ, २८ मंसिर ।
नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा प्रदिप कोईराला निर्वाचित हुनुभएको छ । शुक्रबार भएको महासंघको निर्वाचनमा अध्यक्षमा गठबन्धनका उम्मेद्वार कोईराला र प्रेस सेन्टरका प्रतिक्षा काफ्लेले प्रतिष्पर्धा गर्नुभएको हो । कोईराला महासंघको अध्यक्षमा ३४ मत सहित निर्वाचित हुँदा उहाँका प्रतिष्पर्धी काफ्लेले १३ प्राप्त गर्नुभयो । त्यस्तै सहसचिवमा एकबहादुर गोदार ‘रमेश’ ३० मतसहित विजयी हुनुभएको छ । गोदार ३० मत सहित विजयी हुँदा उहाँका प्रतिष्पर्धी खेमप्रसाद खनाल ‘केपि’ले १६ मत प्राप्त गर्नुभएको छ । स्याङ्जामा गठबन्धन र माओवादी निकट प्रेस सेन्टरबीच अध्यक्ष, एक सहसचिव, ४ खुल्ला सदस्य, १ समावेसी सदस्यका लागी निर्वाचन भएको हो । खुल्ला सदस्यतर्फ युवराज पौडेल ४१, रामबहादुर रोकाहा ४०, कृष्ण बस्याल ४०, सबिनचन्द्र डोटेल ३७ मत सहित विजयी हुँदा शालिकराम पोख्रेलले १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै समावेसी सदस्यमा हिमलाल घर्तीले ३५ मत सहित विजयी हुँदा उहाँका प्रतिष्पर्धी कामना सुनारले ११ मत प्राप्त गर्नुभएको छ । महासंघमा ५४ सदस्य भएपनि ४९ जनाले मतदानमा भाग लिएका थिए ।
यसअघि खुल्ला उपाध्यक्षमा माधव गैरे, महिला उपाध्यक्षमा साधाना न्यौपाने, सचिवमा हरीप्रसाद सुवेदी(सुशील) समावेशी सह–सचिवमा कला राना र कोषाध्यक्षमा जोगराज पाठक निर्विरोध निर्वाचित हुनुभएको थियो । त्यस्तै महिला सदस्य आरती कुँवर, दलित सदस्यमा नारायण विश्वकर्मा र जनजाति सदस्यमा विनोद रखाली निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै केन्द्रिय परिषदमा ओमप्रकाश शर्मा, पार्वती पाण्डे प्रदेश परिषद सदस्यमा तोलाकान्त बगाले, टिकाराम अधिकारी, फुलमाया भट्राई, रामु भट्राई निर्विरोध निर्वाचित हुनुभएको छ ।