स्याङ्जाको पहिलो रेडियो आँधीखोला १८औँ वर्षमा प्रवेश

0
86
Google search engine

वालिङ, ६ मंसिर ।
आँधीखोला सञ्चार सहकारी संस्था वालिङ ८ द्धारा सञ्चालित स्याङ्जा जिल्लामै पहिलो ध्वनि तरंगको रुपमा गुञ्जिएको रेडियो आँधीखोला एफएम १०५.४ मेगाहर्ज १८औँ वर्षमा प्रवेश गरेको छ । विंस.२०६३ सालमा स्थापना भई २०६४ साल मंसिर ६ गतेदेखी प्रसारण शुरु गरेको आँधीखोला एफएम १८औ वर्षमा प्रवेश गरेको हो । आवाज विहिनको आवाज र समाज परिवर्तनका लागी आँधीखोला सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो जिल्लाको मध्य भाग वालिङ ८ घ्याङ्लिङमा अवस्थित छ ।
संस्थाका अध्यक्ष शान्ता थापाले हरेक वर्गको आवाजलाई ध्वनि तरंग मार्फत संसारभर पु¥याउँदै आइरहेको यस रेडियोलाई आजको दिनसम्म ल्याईपु¥याउन सबै पक्षको भुमिका अत्यन्तै महत्वपुर्ण रहेको बताउनुभयो । ‘अध्यक्ष थापाले भन्नुभयो’, रेडियोलाई १८औँ वर्षसम्म ल्याई पु¥याउन सरोकारवाला सबैको उत्तिकै महत्वपुर्ण भुमिका छ । रेडियोलाई समय अनुसार परिस्कृत र परिमार्जन गर्दै धेरै वर्षसम्म पु¥याउने हाम्रो लक्ष्य हो ।’
आजको युगमा रेडियोलाई समेत समय सापेक्ष रुपामा ढाल्दै अगाडी बढाउँदै ज्ञान, सुचनाहरु सम्प्रेषण हरेक वर्गको बलियो आवाज बन्ने अध्यक्ष थापाको भनाई छ । रेडियोको माध्यमबाट समाजका हरेक गतिविधीको बारेमा जानकारी गराउने र समाज रुपान्तरणको बलियो स्तम्भ बन्ने अध्यक्ष थापाले बताउनुभयो । १८औँ वार्षिकोत्सवका अवसरमा आज विहान विषेश पुजापाठ गरिनेछ भने रेडियो सभाहलमा दुईदिने निःशुल्क आधारभुत उद्घोषण तथा पत्रकारिता तालिमको समेत आज शुभारम्भ गरिने अध्यक्ष थापाले बताउनुभयो ।

Google search engine


२०६२÷०६३ को जनआन्दोलन पछि जिल्लामा पहिलोपटक सञ्चार माध्यमको आवश्यकता महशुस गरी यहाँका राजनितिक दल, बुद्धिजिवि, समाजसेवी मिलेर आँधीखोला रेडियोको स्थापना गरिएको हो । रेडियो अहिले ५०० वाटबाट दैनिक १८ घण्टा प्रसारणमा रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश गरी दुई प्रदेशका १८ जिल्लामा सुन्न सकिने रेडियो विश्वभरी अनलाईनका माध्यमबाट समेत सुन्न सकिन्छ ।
रेडियोको अनलाईन www.radioandhikhola.org बाट प्रत्यक्ष सुन्न सकिन्छ भने स्थानीय तथा प्रदेश र राष्ट्रिय समाचारहरु पढ्न समेत सकिन्छ । त्यस्तै हाम्रो पात्रो एपमा समेत रेडियो सुन्न सकिन्छ ।

Google search engine