छमछमीको देउसी भैलो रकम, परियारको उपचारमा सहयोग

0
243
Google search engine

आरती कुँवर
वालिङ, २ मंसिर ।
छमछमी कला केन्द्र वालिङले देउसी भैलोबाट संकलन गरेको रकम घाईतेको उपचारकालागि सहयोग गरेको छ । स्याङ्जाको वालिङमा स्थापना भएको छमछमी कला केन्द्रले ट्रयाक्टर दुर्घटनामा परी घाईते भएका वालिङ ८ का कृष्ण परियारको उपचारकालागि सहयोग गरेको हो । देउसी भैलो खेलेर बनभोज खाने तथा अन्य फजुल खर्चहरुमा प्रयोग गर्ने प्रचलन बढी रहेका बेला छमछमी कला केन्द्रले बिरामीको उपचारकालागि सहयोग गरेको कला केन्द्रकी सञ्चालिका अस्मिता रनपालले बताउनुभयो । ट्रयाक्टर दुर्घटनामा घाईते भएका परियारको सहयोगकालागि कला केन्द्रले रु. १५ हजार हस्तान्तरण गरेको हो । बिरामी परियारको पोखरास्थित जिएमसी अस्पतालमा विगत ३ वर्षदेखि उपचार भईरहेको छ ।
कला केन्द्रले विगतका वर्षहरुमा पनि देउसी भैलोबाट संकलन भएको रकमले विभिन्न सामाजिक सेवाहरुमा सहयोग गर्दै आईरहेको छ । यसअघि कला केन्द्र वालिङले देउसी भैलोबाट संकलित रकमले पहिलो वर्ष रामनदी धाम राम्दीमा रहेको वृद्धाश्रममा, दोस्रो वर्ष भुम्रे मा.वि का बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक तथा न्यानो लुगा प्रदान, तेस्रो वर्ष जाजरकोट भूकम्पमा परेका भूकम्प पीडितको लागि खाद्यान्न सहयोग गरेको थियो । अस्मिता रनपाला र निरज थापाद्वारा सञ्चालित छमछमी कला केन्द्र वालिङले सामाजिक कार्यमा सबैलाई एकजुट हुन आग्रह समेत गरेको छ ।

Google search engine
Google search engine