वर्षाले धान रुझाएपछि किसानहरु चिन्तित

0
158
Google search engine

वालिङ, २० कार्तिक ।
सोमबार साँझ परेको बेमौसमी वर्षाले स्याङ्जामा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पु¥याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पु¥याएपछि किसानहरु चिन्तित बनेका छन् । केही दिनदेखि मौसम पूर्णरूपमा नखुलेका बेला डराइ डराई धान काटेका किसानलाई वर्षाले निराश पारेको छ । वालिङ ८ का किसान विष्ण्ुा बगालेले वर्षभरि खाने धान क्षणभरमै भिजेर नष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धान काटेको तीन दिन भयो, दिपावली मनाएर घर लैजाने भनेको पानीले रुझायो, अब धान र पराल काम नलाग्ने भयो ।”
बेमौसमी वर्षाले धान स्याहार्न नपाएका यहाँका किसानलाई चिन्तित बनाएको छ । कृषि विकास श्रोत केन्द्र वालिङका प्रमुख कृषि विकास अधिकृत सुदीप रेग्मीले बेमौसमी वर्षाले काटेको धानमा ठूलो क्षति पु¥याएको बताउनुभयो ।
अचानक परेको पानीले अन्य बालीमा असर नपुगे पनि काटेको धानलाई क्षति पु¥याएको उहाँले बताउनुभयो । काटी सकेको धानका पाँजा फर्काएर ३–४ घाम सुकाउनुपर्ने र काट्नै बाँकी रहेको धानलाई मौसमविदले दिएको जानकारी अनुसार मौसमकाबारेमा बुझेरमात्रै काट्न कृषि विकास श्रोत केन्द्र वालिङका प्रमुख कृषि विकास अधिकृत सुदीप रेग्मीले सुझाव दिनुभयो ।
छिटो पाक्ने धान किसानले स्याहारिसकेका छन्, ढिलो पाक्ने धान भित्रयाउने बेला क्षति पुगेको हो । स्याङ्जामा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएकामा बेमौसमी वर्षाले धानबालीमा क्षति पु¥याएको छ ।

Google search engine
Google search engine