आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गर्दैन ः केन्द्रीय सदस्य श्रेष्ठ

0
242
Google search engine

वालिङ, २१ कर्तिक ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले बुधबार स्याङ्जाको वालिङमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता श्रेष्ठले अब हुने सबै निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन विना नै एक्लै निर्वाचनमा सहभागी हुने बताउनुभएको हो ।
२०८४ सालमा हुने प्रतिनिधि सभाको निर्वाचन, प्रदेश सभा निर्वाचन तथा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै निर्वाचनमा सहभागी हुने बताउँदै त्यसको तयारीमा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । “कांग्रेसले निर्वाचनका बेला कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन, एक्लै निर्वाचन लड्छ” उहाँले भन्नुभयो, “निर्वाचन सम्पन्न भईसकेपछि भने सरकार निर्माण प्रक्रियाकालागि अन्य पार्टीसँग गठबन्धन हुन सक्छ ।”
पार्टीभित्र देखिएको गुटबन्दीलाई जरैपाई अन्त्य गर्दै अब नेता कार्यकर्ता एकजुट भई संगठन बलियो बनाउनतर्फ लाग्नुपर्ने बेला आएको उहाँको भनाई थियो । नेपाली कांग्रेस लगायतका अन्य दलहरुले आफ्ना पार्टीका नेतालाई आरोप लाग्दा निष्पक्ष छानविनकालागि अदालतलाई सहयोग गरेको स्मरण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसो गर्न नसक्नु दुःखद भएको बताउनुभयो ।

Google search engine

“रास्वपाका सभापति लामिछानेमाथि छानविन तथा कारवाही हुन नदिनकालागि अदालतलाई पनि प्रभाव पार्न खोज्ने जस्ता कार्यहरु भएका छन्” उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा निष्पक्ष छानविनकालागि सहयोग गर्नुपर्ने बेला हो, प्रभावमा पार्न खोज्ने होईन ।” कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले संघ, प्रदेश र स्थानीय तहहरुबीच समन्वय र सहकार्य गर्दै जिल्लाको विकास निर्माण कार्यलाई गति दिईने बताउनुभयो ।
कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति दिलीपप्रताप खाँणले नेता तथा कार्यकर्ताबीचमा सवाल जवाफको वातावरण निर्माण गरी पार्टीलाई थप सशक्त ढंगबाट अगाडि बढाउन नेता कार्यकर्ता भेटघाट तथा अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो । नेताले आफ्ना कुराहरु कार्यकर्तामाझ राख्न पाउने र कार्यकर्ताले आफ्नो पार्टीका अभिभावकमाझ आफ्ना विचारहरु राख्न पाउने साझा अवसरकोरुपमा आँफूले बुझेको क्षेत्रीय सभापति खाँणले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जा २ (१) का सभापति अर्जुनप्रसाद खनाल, महाधिवेशन प्रतिनिधि लीलबहादुर रनपाल, क्षेत्रीय सचिव फणिनारायण रेग्मी (दीपक) लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Google search engine