वालिङ, ७ असोज ।
स्याङ्जाको वालिङमा स्थापना भएको नव जागरण संस्थाको आयोजनामा सोमबार भकुण्डेमा स्वास्थ्य शिविर गरिएको छ ।
आफ्नो लागि सबैले गर्छन्, समाजकालागि केही गरौं भन्ने नाराकासाथ स्थापित संस्थाले नव जागरण पार्कमा स्वास्थ्य शिविर तथा निशुल्क औषधि वितरण गरेको हो ।
ग्रामीण घुम्ती स्वास्थ्य सेवा पाल्पाको प्राविधिक र औषधि सहयोगमा सञ्चालन भएको शिविरमा ६३ जनालाई स्वास्थ्य परीक्षण गराउनुकासाथै निशुल्क औषधि वितरण गरिएको संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो ।
नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न र निशुल्करुपमा औषधि उपलब्ध गराउने उद्देश्यले संस्थाले मासिकहरुमा शिविर सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य शिविर मंसिर महिनादेखि प्रत्येक महिनाको पहिलो सोमबार नव जागरण पार्कमा सञ्चालन हुने बताउँदै उहाँले शिविरमा आई स्वास्थ्य परीक्षण तथा परामर्श लिन आग्रह गर्नुभयो ।