आईडीको लगानीमा आस्कद्धारा वालिङ र गल्याङका क्षेत्रमा गड्यौले मल उत्पादन सम्बन्धी सहकार्य गरिने

0
105
Google search engine

वालिङ, ४ असोज ।
आपसी सहयोग केन्द्र (आस्क) नेपाल र आईडीको संयुक्त आयोजनामा सरोकारवालाबीच परियोजनाको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यस अन्तर्गत वालिङ नगरपालिकामा पनि सहकार्य गर्ने उद्देश्यले शुक्रबार सरोकारवाला बीच परियोजनाको अभिमुखिकरण र अन्तरक्रिया आयोजना गरेको हो ।

Google search engine


संस्थाले १५ महिने परियोजना अन्तर्गत वालिङ र गल्याङ नगरपालिका क्षेत्रमा गड्यौले मल उत्पादन सम्बन्धी सहकार्य गर्ने भएको छ । यसका लागि ५ करोड ६० लाखको बजेटमा वालिङ र गल्याङका किसानहरुसँग सहकार्य गरिने संस्थाले जनाएको छ । नेपालमा पाकृतिक स्रोतको उपयोग मार्फत उद्यम विकास र उत्थानशिलता प्रवद्र्धन (प्रेरणा) सम्बन्धी आँधीखोला गाउँपालिका वडा नं ४ मा स्थापना भएको आस्क संस्था वालिङ र गल्याङमा विस्तार गर्ने योजना अनुरुप अभिमुखिकरण तथा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा वालिङ नगरपालिकाका कार्यबहाक नगरप्रमुख पदमराज गुरुङले उत्पादित वस्तुको बजारिकरणमा समस्या देखिने बताउँदै निरन्तरताका लागी वैकल्पिक बाटो खोज्ने र बजारीकरणको समस्या सहजिकरण गरी कृषकलाई कृषि कार्यमा लाग्न उत्प्रेरित गर्न आग्रह गर्नुभएको थियो । साथै नगरपालिकाले यस परियोजनालाई गर्नुपर्ने आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।
आपसी सहयोग केन्द्र (आस्क) नेपालका अध्यक्ष रुकुम दत्त शर्माले संस्थाको बारेमा जानकारीका साथै आईडी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आस्कको परियोजना वालिङ र गल्याङमा विस्तार गर्न खोजिएको जानकारी दिनुभएको थियो । त्यस्तै आईडी नेपालका क्षेत्रिय संयोजक सुमन श्रेष्ठले आईडी संस्थाको बारेमा जानकारी दिदैँ १५ महिनाको परियोजनामा रासायनिक मलको न्युनिकरण गरी ट्राईको भर्मिकम्पोष्ट मल तथा प्राङ्गारिक मल प्रयोगमा किसान, पशु कृषक तथा साना किसान कृषि सहकारीलाई जोड्ने लक्ष्य रहेको बताउनुभयो । साथै ट्राईको भर्मिकम्पोष्ट मलको लेबलिङ, उत्पादन, प्रशोधनका बारेमा बताउदै बजारीकरणका लागी नेटवर्क बनाउने पनि बताउनुभएको थियो ।
यस्तै सम्पुर्ण वडाहरुको तर्फबाट बोल्नुहुदै वालिङ, १३ का वडा अध्यक्ष नमलाल डुम्रेले वालिङ नगरपालिकामा पनि धेरै किसान रहेको बताउँदै यस परियोजनाले कृषकलाई सक्षम बनाउने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रम वालिङ नगरपालिकाका कार्यबहाक नगरप्रमुख गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आस्कका कृषि बजारीकरण सुपरभाइजर छवि भट्टराईले र स्वागत आस्कका कर्मचारी रुपा डोटेलले गर्नुभएको थियो ।

Google search engine