स्याङ्जामा डेङ्गुका बिरामी बढे

0
21
Google search engine

तोलाकान्त बगाले
वालिङ, ४ असोज ।
स्याङ्जामा डेङ्गुका बिरामी बढेका छन् । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचारकालागि आएका बिरामीहरुमा डेङ्गुको लक्षण पुष्टि भएको हो । स्याङ्जा जिल्लाभित्रका स्वास्थ्य संस्थाहरुमा डेङ्गुको परीक्षण गराएका बिरामीहरुको तथ्याङ्कका आधारमा भदौ महिनामा दुई सय ७ जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईले बताउनुभयो ।
साउन महिनामा स्याङ्जामा ८२ जनामा डेङ्गु भएको थियो । भदौमामात्रै दुई सय ७ जना डेङ्गुका बिरामी फेला परेका हुन् ।
जिल्लाका एघार स्थानीय तहहरुमध्ये भदौ महिनामात्रै गल्याङ नगरपालिकामा डेङ्गुका बिरामी भएका थिए । भीरकोट नगरपालिकामा ४१ जना, जिल्ला अस्पताल स्याङ्जामा २७ जना, वालिङ नगरपालिकामा २२ जना चापाकोट नगरपालिकाका २० जनामा डेङ्गु भएको थियो ।
पुतलीबजार नगरपालिका र कालीगण्डकी गाउँपालिकामा ११÷११, अर्जुनचौपारी गाउँपालिकामा ७, हरिनास गाउँपालिकामा ५, आँधीखोला गाउँपालिका र बिरुवा गाउँपालिकामा ३÷३ जनामा डेङ्गु भएको उहाँले बताउनुभयो ।

Google search engine

“पछिल्लो समय बिरामीहरुको परीक्षणको मात्रा बढाईएको र मौसम परिवर्तनले अण्डाको वृद्धि विकासमा तापक्रम अनुकुल हुनुजस्ता कारणहरुले गर्दा डेङ्गुका बिरामी बढेका हुन्” उहाँले भन्नुभयो, “डेङ्गुका बिरामी असोज महिनामा अझै बढ्न सक्छन् ।”
स–सानो पानी पर्ने रोकिने गर्नाले पानी जमेर बस्ने र त्यही पानीमा लामखुट्टेले अण्डा पार्ने भएकाले आफ्नो घर वरपर पानी जमेका ठाउँहरुको सरसफाईमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ ।
‘खोजेर नष्ट गर अभियान’ स्याङ्जाका सबै स्थानीय तहहरुमा सञ्चालन गरिनुकासाथै विशेष गरी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा स्वास्थ्य कार्यालयले जोड दिएको छ ।
डेङ्गुका बिरामीहरुमा टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने, ज्वरो आउने, छालामा स–साना विविराहरु देखा पर्ने, भित्री शरीरमा रक्तश्राव हुन सक्ने, रगत पातलो हुँदै जाने लगायतका लक्षणहरु देखिन्छन् ।
“डेङ्गुसँग मिल्दोजुल्दो लक्षणहरु देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह अनुसार औषधि खानुपर्छ” उहाँले भन्नुभयो, “दुखाई घटाउनकालागि आफ्नै सुरले चिकित्सकको परामर्श विना औषधि नखान सुझाव छ ।”

Google search engine