वालिङ, ३० भदौ ।
वाईफाई नेपालले स्याङ्जाको वालिङमा सेवा विस्तार गरेको छ । वालिङ ८ नयाँबजारस्थित राधेराधे चोकमा कार्यालय स्थापना गरी सेवा थालेको वाईफाई नेपालले तीव्र गतिको ईन्टरनेट सेवा सस्तो मुल्यमा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा आएको कार्यालयका ईन्चार्ज श्रीराम लम्सालले बताउनुभयो । वाईफाई नेपालले फाईबर नेट २४ महिने विशेष अफरसहित ल्याएको उहाँले बताउनुभयो । ईन्टरनेट जडानमा कुनै थप शुल्क नलाग्ने भएको हो । सस्तो र जडान शुल्क थप नलाग्ने भएपछि ग्राहकहरुको रोजाईमा पर्दै गएको उहाँले दावी गर्नुभयो ।
वाईफाई नेपालले वालिङ, भीरकोट, गल्याङ, पुतलीबजार नगरपालिका र कालीगण्डकी गाउँपालिकामा सेवा विस्तार गर्ने तयारीमा रहेको छ । वाईफाई नेपालले मासिक रु. ४२५ शुल्कदेखि ईन्टरनेट सेवा दिने दावी लम्सालको छ ।