वालिङ कर्मचारी बचतको सहकारी शिक्षा तालिम

0
27
Google search engine

वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ, स्याङ्जाले सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सहकारीले आफ्ना नव निर्वाचित सञ्चालक समिति, लेखा सुपेरिवेक्षण समिति तथा विभिन्न उपसमितिका पदाधिकारीहरुको लागि सहकारी सम्बन्धी अभिमुखिकरण सहितको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहकारीका मूल्य मान्यताहरु, सिद्धान्तहरु, सहकारीको कानूनी र नीतिगत पक्ष, सहकारी सञ्चालनका लागि आवश्यक पर्ने आधारभूत तथा अपरिहार्य ज्ञानको बारेमा प्रशिक्षक टिकाराम अधिकारीले प्रकाश पार्नु भएको थियो । पछिल्लो समय सहकारी क्षेत्रमा देखा परेका विभिन्न समस्या तथा देखिएका चुनौतिहरुको समेतको बारेमा छलफल भएका थिए । सहकारीको व्यवस्थित सञ्चालनको लागि सञ्चालक समिति र लेखा सुपेरिवेक्षण समितिले खेल्नु पर्ने भूमिकाको बारेमा प्रशिक्षकले प्रशिक्षार्थीहरुलाई अभिमुखिकरण गर्नु भएको थियो । २६७ जना शेयर सदस्य रहेको यस संस्था विगत ५ वर्षदेखि सञ्चालनमा रहेको छ । वालिङ नगरपालिका कार्यक्षेत्र रहेर काम गर्ने कर्मचारीहरुले सञ्चालन गरेको यस सहकारीले गत भाद्र ८ गते दोस्रो अधिवेशन सम्पन्न गरेको थियो ।

Google search engine
Google search engine