वालिङ, ३० भदौ ।
स्याङ्जाको भीरकोट नगरपालिका वडा नं १ मा रहेको भीरकोट महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्र्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्नुहुँदै भीरकोट नगरपालिकाका पूर्व नगर प्रमुख छायाराम खनालले सहकारी संस्थाले कृषि र पशुपालनमा लगानी गरी अर्गानिक खेती गर्न र व्यावसायिक कृषि उत्पादनमा शेयर सदस्यलाई उन्मुख गराउनुपर्नेमा जोड दिनुभयो । साधारणसभामा भीरकोट नगरपालिकाका प्रवक्ता दिपेन्द्र केसी, कालिका वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भविश्वर कोइराला, शेयर सदस्य मन्जुश्री अधिकारी, शेयर सदस्य बिमला रेग्मी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारणसभामा अध्यक्षको प्रतिवेदन संस्थाकी अध्यक्ष चण्डीका सापकोटा अर्यालले प्रस्तुत गर्नुभएको थियो । संस्थाकी कोषाध्यक्ष शान्ति अर्यालले आर्थिक वर्ष २०८० २०८१ को कुल १० लाख ६ हजार ८५८ रुपैयाँ ४७ पैसाको आयब्याय प्रस्तुत गर्नुभएको थियो । संस्थाकी सचिव सञ्जु पौडेलको सचिवको प्रतिवेदन तथा लेखा तथा सुपरीवेक्षण समितिकी संयोजक शारदा अर्यालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
भीरकोट महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष चण्डीका सापकोटा अर्यालको सभापतित्वमा सम्पन्न साधारणसभाको सञ्चालन सिर्जना रोका केसीले गर्नुभएको थियो ।