आज विश्व आत्महत्या रोकथाम दिवस, मनोपरामर्श र उपचारबाट आत्महत्या रोक्न सकिने

0
49
Google search engine

भदौ २५, २०८१
आज सेप्टेम्बर १० तारिख । विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनले आत्महत्यालाई रोकथाम गर्न सकिने समस्याका रुपमा पहिचान गरेको छ । विश्वभर प्रतिवर्ष ८ लाखभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ । नेपालमा दैनिक १८ देखि २० जनाले आत्महत्या गर्ने गरेका सरकारी तथ्याङ्क छ ।

Google search engine

आर्थिक वर्ष २०८०÷८१ मा नेपालमा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका छन् । ६० प्रतिशत आत्महत्याको कारण डिप्रेशन अर्थात गम्भीर प्रकारको उदासीनतासँग सम्बन्धित छ । आत्महत्या गर्ने सोच बनाएका व्यक्तिले सङ्केतमार्फत् पूर्व जानकारी दिने हुनाले परिवार वा नजिकका आफन्त तथा साथीले ध्यान दिएर बेलैमा सावधानी अपनाएमा आत्महत्याको जोखिम टार्न सकिने मनोचिकित्सक डा.रवि शाक्य बताउनुहुन्छ । जीवनमा आएका समस्या समाधान गर्न आत्महत्यालाई उपायको रुपमा नलिन विज्ञको सुझाव छ । मनोपरामर्श र उपचार गर्यो भने रोग पनि ठीक हुने र आत्महत्या पनि रोक्न सकिने डा.शाक्यको भनाइ छ । आत्महत्या रोकथामका लागि संसदीय समितिको निर्देशनअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

Google search engine