छाङछाङ्दीमा मन्दिर दर्शन गर्नेको भीड, तेस्रो सोमबार साढे २ लाख बढि भेटी संकलन

0
500
Google search engine

वालिङ, २१ साउन ।
साउन महिनाको तेस्रो सोमबार पनि स्याङ्जाको प्रसिद्ध ऐतिहासिक शिव मन्दिर छायाँक्षेत्र छाङछाङ्दीमा उल्लेख्य भक्तजनहरुले मन्दिर दर्शन गरेका छन् । साउन महिना भगवान शिवको प्रिय महिना मानिन्छ । साउन महिनामा भगवान शिवको पुजा आरधना गरेमा सोमबार ब्रत तथा शिव मन्दिरमा गई शिवको दर्शन तथा पुजापाठ गरेमा मनोकांक्षा पुरा हुने जनविश्वासका साथ भक्तजनहरु साउन महिनाको सोमबार सोमबार मन्दिरमा विषेश रुपमा जाने गरेका छन् ।

Google search engine

तेस्रो सोमबारका अवसरमा छायाँक्षेत्र मन्दिर छाङछाङदीमा २ लाख ७१ हजार ३ सय १७ रुपैयाँ भेटि संकलन भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समिति संयोजक शोभाकान्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा सहयोग रसिदबाट ३६ हजार ९९२, जल धारा तथा शिवलिङ्गबाट ९८ हजार ५ सय, आजीवन सदस्यताबाट १७ हजार ५ सय ५५, स्टल विक्रिबाट ३५ हजार ५ सय रुपैयाँ, मुल मन्दिर तथा भजन मण्डलीबाट ५० हजार ७ सय र दानपेटिकाबाट ३२ हजार ७० गरी २ लाख ७१ हजार ३ सय १७ रुपैँया भेटि संकलन भएको हो ।


यसैबीच यसरी विभिन्न पर्व विषेशबाट संकलित भेटि तथा रकमले मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गरिँदै आईएको छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने लगायत विभिन्न पर्वहरुमा भक्तजनको विशेष सहभागिता रहने गर्दछ । छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख गरिएको छ । मन्दिरमा मनोकांङ्क्षा पुरा हुने विश्वासले स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, चितवन, कास्की, बाग्लुङ लगायत टाढाटाढाबाट मन्दिर दर्शनका लागी आउने गरेका छन ।

यस्तै मन्दिरमा दैनिक रुपमा बेलुका साढे ७ बजेदेखि महाआरती गरिँदै आईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । महाआरतीमा सहभागि भई पुण्य प्राप्त गर्न भक्तजनहरुलाई अध्यक्ष श्रेष्ठ आग्रह छ । मन्दिरमा गरिएको यो महाआरती दोस्रो पटक हो । यसअघि २०७५ सालमा पहिलो पटक महाआरती गरिएको थियो । आफ्ना पितृहरुको स्मरणमा, विभिन्न शुभ कार्य एवम् जन्मोत्सवका अवसरमा भक्तजनहरुले महाआरती गराउन सक्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Google search engine