वालिङ, २१ साउन ।
स्याङ्जामा सुन्तलाबाट आँधीखोला वाईनको सफल परिक्षण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत सुन्तला सुपरजोन स्याङ्जाको सहयोगमा जिल्लामा सुन्तलाबाट आँधीखोला वाईन उत्पादन शुरु गरिएको हो । सुन्तलाले प्रख्यात जिल्ला स्याङ्जामा सुन्तलालाई कच्चा पदार्थको रुपमा प्रयोग गरी आँधीखोला वाईन उत्पादन शुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाईका प्रमुख माधव लम्सालले बताउनुभयो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका –११ करेन्डाँडामा सुन्तला प्रशोधन घर प्रालिले सुन्तला सुपरजोनको सहयोगमा वाईनको सफल परिक्षण गरेको हो । सुन्तला प्रशोधन घर प्रालिमा जिल्लाका केहि युवाहरुको संयुक्त लगानी छ । यो वाईन अहिले सफल परिक्षण गरिएको र अबको सुन्तला पाक्ने सिजनबाट बजारमा पनि आईपुग्ने प्रमुख लम्सालले बताउनुभयो । अन्तशुल्कबाट स्वीकृत लिएर बजारमा विक्रिका लागी आउने भन्दै नेपालभरी र नेपाल बाहिर पनि मागको आधारमा आँधीखोला वाईन ल्याईने उहाँले बताउनुभयो ।