गल्याङमा प्रथम गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने

0
300
Google search engine

वालिङ, १५ साउन ।
स्याङ्जाको गल्याङमा भदौ १ गतेदेखि प्रथम गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । गल्याङ क्रिकेट संघले गल्याङसहित समग्र स्याङ्जा जिल्लामा क्रिकेट खेलको प्रवद्र्धन गर्ने, स्थानीय क्रिकेट खेलाडीहरुको प्रतिभा प्रष्फुटनमा सघाउ पु¥याउने, समुदाय र खेलकूद भावनालाई बलियो बनाउँदै गल्याङ क्षेत्रमा क्रिकेट पूर्वाधार विकासप्रति चासो जगाउने मुख्य उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो ।

Google search engine

टि–ट्वान्टी मा आधारित भई सञ्चालन गरिने प्रतियोगितामा कूल ८ टिमको सहभागिता रहने भएको गल्याङ क्रिकेट संघका अध्यक्ष ठगेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतियोगिता गल्याङ नगरपालिका वडा नं १ मालुङ्गा खेलमैदान, वडा नं ११ को दिमिक क्रिकेट मैदान र पाल्पाको रम्भा गाउँपालिका १ को असेर्दी खेलमैदानमा सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

लिग अन्तर्गत २८ खेल तथा नकआउट ४ गरी ३२ खेल हुने प्रतियोगिता संयोजक खगेन्द्र भण्डारीले जानकारी दिनुभयो । क्रिकेट प्रतियोगितामा दैनिक २ खेल खेलाउने तयारी आयोजकले गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमले रु. एक लाख नगदसहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै द्वितीय हुनेले रु. ५५ हजारसहित ट्रफी र तृतीय हुनेले रु. २५ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडीले रु. १० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट बलर, ब्याट्सम्यान र उदीयमान खेलाडीलाई रु. ५र५ हजारका दरले प्रोत्साहनस्वरुप पुरस्कार दिईने संयोजक भण्डारीले जानकारी दिनुभयो । उक्त प्रतियोगिता सम्पन्न गर्नकालागि रु. आठ लाख ५० हजार खर्च हुने अनुमान गरिएको गल्याङ क्रिकेट संघका सचिव अमृत खनालले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुने विभिन्न ८ टिमले स्याङ्जा जिल्लाभित्रबाट न्यूनतम रु. पाँचसयदेखि अधिकतम रु. चार हजारसम्म खेलाडी बढी बढाउका आधारमा अनुबन्ध गर्ने भएका उहाँले बताउनुभयो । जिल्लाभित्रका एकसय ३३ खेलाडीले अनुबन्ध हुनकालागि निवेदन दिएका थिए । निवेदन दिएका खेलाडीहरुलाई ८ टिमले मंगलबार बढी बढाउका आधारमा आ–आफ्नो टिमका अनुबन्ध गरेका हुन् ।

Google search engine