डाइनामिक क्लब अफ वालिङ १४को अगुवाईमा विद्यालय परिसरमा सरसफाई

0
366
Google search engine

आरती कुँवर
वालिङ,१२ साउन ।
डाइनामिक क्लब अफ वालिङको अगुवाईमा शनिबार सरसफाई एवम् वृक्षारोपण गरिएको छ । वालिङ, १४ मा रहेको डाइनामिक क्लब अफ वालिङले सोही वडामा रहेको जनहित माध्यमिक विद्यालय प्राङ्गण वरिपरि सरसफाई एवम् वृक्षारोपण गरेको हो ।

Google search engine

“शिक्षा स्वास्थ्य खेलकुद र सामाजिक संस्कार, सामजिक उत्तरदायित्व निर्वाहमा सधै अग्रसर” भन्ने नारा का साथ क्लबको सामजिक उत्तरदायित्व निर्वाह अन्तर्गत जनहित माध्यमिक विद्यालय परिसरमा सरसफाई एवम् वृक्षारोपण गरिएको क्लबका अध्यक्ष दिपेस कुँवरले बताउनुभयो ।

वर्षे बिदाको समय भएको र विद्यालय प्राङ्गणमा विभिन्न वनस्पति पलाएको कारण विद्यालय संचालन हुने समय भएकाले विद्यार्थीले स्वच्छ एवम् सफा वातावरणमा पढ्न सकुन भन्ने उद्देश्यले विद्यालय प्राङ्गणमा सरसफाई गरिएको उहाँको भनाई छ ।
विं स. २०८० मा स्थापना भएको यस क्लबले स्थापनको छोटो समयमै विभिन्न खेलकुद, सांस्कृतिक एवम् सामाजिक अन्तर्गतका थुप्रै कामहरू पनि गरिसकेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

विद्यालय प्राङ्गणमा भएको फोहोर व्यवस्थापन कार्य गरेको प्रति धन्यवाद दिदै जनहित माध्यमिक विद्यालयका प्रध्यानाध्यापक मीन बहादुर लुइँटेलले आगामी दिनहरुमा पनि राम्रो कार्यहरूमा निरन्तर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सरसफाइ कार्यक्रममा जनहित माविका शिक्षकहरु, डाइनामिक क्लबका सचीव टोप बहादुर अधिकारी, कोषाध्यक्ष धनु डुम्रे लगायत स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।

Google search engine