मनसुनसँगै स्याङ्जामा ३९२ घर जोखिममा

0
262
Google search engine

तोलाकान्त बगाले
वालिङ, ८ साउन ।
यसवर्षको मनसुन सुरु भएसँगै स्याङ्जामा तीन सय ९२ घरहरु जोखिममा रहेका छन् । यसवर्षको मनसुन सुरु भएदेखि हालसम्म स्याङ्जाका विभिन्न स्थानमा बाढी तथा पहिराकारण घरहरु जोखिममा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता ईन्द्रबहादुर रानाका अनुसार बाढी पहिराबाट ६ घर पूर्णरुपमा क्षति भएका छन् भने ३ सय ९२ घर जोखिममा छन् । बाढी तथा पहिराले विरुवा गाउँपालिकामा २, फेदीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिकामा १÷१ घर पूर्णरुपमा क्षति भएका हुन् ।
पुतलीबजार नगरपालिकामा सबैभन्दा धेरै एकसय १५ वटा घरहरु जोखिममा रहेका छन् ।
जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा ६५, विरुवा गाउँपालिकामा ४६, भीरकोट नगरपालिकामा ४५, फेदीखोला गाउँपालिका र गल्याङ नगरपालिकामा २८÷२८, आँधीखोला गाउँपालिकामा २७, हरिनास गाउँपालिकामा २४, वालिङ नगरपालिकामा ८, कालीगण्डकी गाउँपालिकामा ६ वटा घर जोखिममा रहेका छन् ।
बाढी पहिराले १५ वटा गोठ पूर्णरुपमा क्षति हुँदा ८३ गोठहरु जोखिममा रहेका छन् । गोठमा क्षति हुँदा ५४ पशुचौपाया मरेका छन् । १५ वटा घाईते भएका छन् ।
यसवर्षको मनसुन सुरु भएसँगै स्याङ्जामा हालसम्म १३ जनाले ज्यान गुमाएका छन् भने ९ जना घाईते भएका छन् ।
बाढी तथा पहिरामा परी पुतलीबजारमा ४ जनाको मृत्यु भएको छ । विरुवामा ३ जना, फेदीखोला र अर्जुनचौपारीमा २÷२ जना, भीरकोट र आँधीखोलामा १÷१ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभयो । बस्दै आएको घरमा क्षति भएपछि आफन्तको बस्दै आएका छन् । कतिपय परिवार बाढी र पहिराकाकारण घर जोखिममा परेपछि अन्यत्र तथा छिमेकीकोमा बस्दै आएका छन् ।

Google search engine
Google search engine