वालिङ, ६ साउन ।
करेन्ट लागेर घाईते महिलाको उपचारकाक्रममा आईतबार दिउँसो मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवम् प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका ५ चौर बस्ने ३१ वर्षीया सुशीला कार्कीको करेन्ट लागेर मृत्यु भएको हो ।
आईतबार दिउँसो अन्दाजी १२ः४० मा आफ्नै ब्रोईलर कुखुराको फर्म सफा गर्ने क्रममा उहाँलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते कार्कीको उपचारकालागि स्याङ्जा जिल्ला अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकाक्रममा चिकित्सकले २ः४० मृत घोषणा गरेका थिए ।