वालिङ, १४को दुई दुर्घटनाग्रस्त क्षेत्रमा वृक्षारोपण

0
533
Google search engine

वलिङ ५ साउन ।
लायन्स क्लब अफ वालिङ ग्रिन होमले वालिङ १४ का दुई क्षेत्रमा वृक्षारोपण गरेको छ । क्लबले शनिबार अर्खलबास र तमादीमा वृक्षारोपण गरेको हो । २ सय भन्दा बढी कटहर, तेजपात, बडहर, राईखनियालगायतका बहुवर्षे विरुवाहरु रोपण गरीएको क्लबले जनाएको छ । लायन्स क्लब अफ वालिङ ग्रिन होमको आयोजना, शसस्त्र प्रहरी ३० नं. गुल्म र डायनमिक क्लबको सहयोगमा दुर्घटनाग्रस्त दुई क्षेत्रमा वृक्षारोपण गरिएको क्लबका सचिव लक्ष्मी पौडेल कुँवरले जानकारी दिनुभयो ।

Google search engine

वृक्षारोपण कार्यक्रमका अवसरमा वालिङ वडा नं. १४ का वडा अध्यक्ष बोधराज कुँवर राजुले दुर्घटनाग्रस्त अर्खलबासमा सडक स्तरोन्नति गरी थप सहज बनाउने प्रयास गरिएको बताउँदै बिरुवाको संरक्षणका लागी वडा तथा स्थानीय क्रियाशिल हुने बताउनुभयो । दुर्घटनाग्रस्त स्थान अर्खलबासमा सडकलाई थप स्तरोन्नति र क्लबले रोपण गरेका बिरुवाहरुलाई हुर्काएर यो ठाउँलाई हराभरा बनाउने अध्यक्ष कुँवरले प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ ग्रिन होमका रिजन चियर पर्सन सजना कंडेलले सहज स्थानहरु हुँदाहुँदै पनि ग्रामिण क्षेत्रमा गएर दुर्घटनाग्रस्त स्थानहरु वृक्षारोपणको लागी छनोट गर्नुको कारण थप जोखिमबाट जोगिनु नै रहेको बताउनुभयो । जहाँ विपद त्यहाँ लायन्सको उपस्थिति रहने भन्दै क्लब विशुद्ध सामाजिक क्लब भएको कंडेलले बताउनुभयो ।

वालिङ, १४ अर्खलबासमा स्थानीय निर्वाचन भएको दिन २०७९ बैसाख ३० गते सिख्रेबाट मतदाता लिएर मतदान केन्द्र तिवारीपसल जाने क्रममा अर्खलबासमा दुर्घटना हुँदा १४ जनाले मृत्युवरण गरेका थिए । त्यस्तै तमादीमा २०७७ साउन ८ गते माथिबाट आएको पहिरोले घर पुरिँदा एकै परिवारका ९ जनाले ज्यान गुमाएका थिए ।

गाउँघरका कच्ची सडकहरुमा बढी सडक दुर्घटनाको जोखिम हुने भएकाले विरुवा रोपण गरिएको क्लबका सचिव कुँवरको भनाई छ । स्थानिय निर्वाचनको समयमा भएको घटना पछि फेरी त्यस्ता घटना हुनबाट बचाउन आफ्नै ठाउँमा विरुवा रोपण गरिएको पनि उहाँले जानकरी दिनुभयो । विरुवाको रेखदेख तथा संरक्षणमा पनि गाउँबासिसंगै क्लबले पनि सक्रियता देखाउने उहाँले बताउनुभयो ।

Google search engine