पहिरोमा परी आफन्त गुमाएका विरुवाका बालकको शिक्षामा पूर्व मन्त्री गुरुङको साथ

0
209
Google search engine


वालिङ, ४ साउन ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पहिरोमा परी आफन्त गुमाएका बालकलाई निशुल्क पढाउने हुनुभएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका ६ लामाखेतमा गत असार २२ गते दिउँसो पहिरोमा पुरिएर आफन्त गुमाएका चौध वर्षीय रोशन शर्मालाई कक्षा १२ सम्म उहाँले निशुल्क पढाउने हुनुभएको हो ।

Google search engine

शुक्रबार घटनास्थलको निरीक्षण गर्नेक्रममा लामाखेत पुग्नुभएका उपसभापति गुरुङले आफन्तविहीन भएका रोशनलाई आँफूले ब्यक्तिगतरुपमा अध्ययनकालागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नेक्रममा बिरुवा गाउँपालिका ६ को लामाखेत र माझकोट पुग्नुभएका उहाँले पहिरोमा परी ज्यान गुमाएका दुई परिवारलाई ब्यक्तिगतरुपमा दश÷दश हजार सहयोग हस्तान्तरण गर्नुभएको थियो । पहिरो प्रभावितहरुकालागि आवास तथा अन्य राहतकालागि सरकारसँग पहल गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

बिरुवा गाउँपालिका ६ माझकोटमा ६५ वर्षीया हजुरआमा गुहेश्वरी शर्मासँग रोशन बस्दै आउनुभएको थियो । असार २२ गते बिहान घरमाथिबाट पहिरो खसेर क्षति पु¥याएपछि त्यहाँ रहेका दुई घरका पहिरो प्रभावितहरु सोही वडाको लामाखेतस्थित ईश्वरी लम्सालको घरमा सरेका थिए । लामाखेतमा छिमेकीकै घरमा सोही दिन दिउँसो आएको पहिरोले पुरिएर दुई घरका तीन जनाको मृत्यु भएको थियो ।

आँफूहरु बस्दै आएको घरमा पहिरोले क्षति पु¥याएपछि सोही वडाको लामाखेतमा सुरक्षित ठाउँमा सरेर बस्दै गरेका बेला सोही दिन दिउँसो उनीहरुलाई पहिरोले पुरेको थियो । सोही पहिरोमा चौध वर्षीय रोशनले सँगै बस्नुभएकी हजुरआमा गुहेश्वरी शर्मालाई गुमाउनुभयो । बिहान सँगै लामाखेत सरेका छिमेकी ७१ वर्षीय माधव शर्मा र ६७ वर्षीया हरिमाया शर्माले पनि पहिरोमा पुरिएर ज्यान गुमाउनुभएको थियो । बिहान भागेर पहिरो छलेका उनीहरु अन्ततः दिउँसो पहिरोकै शिकार बन्न पुगेका थिए ।

Google search engine