रेडियो आँधीखोलाका कर्मचारी जिटिलाई फेरि भेटौँला

0
103
Google search engine

वालिङ, ३ साउन ।
रेडियो आँधीखोला एफएम १०५.४ मेगाहर्जका प्राविधिक राहुल जिटिलाई फेरि भेटौँला कार्यक्रम गरीएको छ । विगत दुई वर्षदेखि रेडियोमा प्राविधिकको रुपमा कार्यरत जिटि कामको शिलशिलामा अमेरिका जाने भएपछि रेडियोले फेरि भेटौँला कार्यक्रम गरेको हो ।

Google search engine

कार्यक्रममा रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापाले देशमै युवाहरु स्थापित हुने नसक्ने अवस्थामा रेडियोले पनि एक इमान्दार कर्मचारीलाई विदाई गरी विदेशको लागी शुभकामना दिनुपर्ने विडम्बना भएको बताउनुभयो । तथापी जिटिको समुज्जवल भविष्यको शुकामना दिदैँ आगामी दिनमा सफलताको समेत कामना गर्नुभयो ।

कार्यक्रममा रेडियोका सचिव हिमलाल पराजुलीले रेडियोले उत्पादन गरेका कर्मचारीहरु विभिन्न क्षेत्रमा रहेर काम गर्दै आएको भन्दै टाढा रहेपनि रेडियोलाई सधैँ साथ र सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रबन्धक तोलाकान्त बगालेले एक सहकर्मीलाई विदाई गर्दाको क्षण आँफैमा फरक रहेको भन्दै संस्थाका राम्रा र सकरात्मक पक्षलाई जहाँ भएपनि अनुशरण गर्न सुझाव दिनुभयो ।

यस्तै कार्यक्रममा शसस्त्र प्रहरी ३० नंं गुल्मका गुल्मपति देवराज जोशीलाई पनि रेडियोले मायाको चिनो सहित विदाई गरेको छ । ३० नं गुल्मबाट सरुवा भई काठमाडौ जान लाग्नुभएका जोशीलाई रेडियोले विदाई गरेको हो ।

Google search engine