वालिङ, २ साउन ।
लायन्स क्लब अफ वालिङ सिटीले पहिरो पीडित परिवारलाई सामग्री हस्तान्तरण गरेको छ । स्याङ्जाको वालिङ ८ दमैडाँडाका पहिरोपीडित विष्णु दर्जी र विवेक दर्जीलाई बुधबार दैनिक उपभोग्य खाद्यान्न, भाँडावर्तन र त्रिपाल हस्तान्तरण गरेको हो ।
लायन्स ईन्टरनेशनलबाट स्याङ्जा जिल्लाका विभिन्न स्थानमा असार २२ देखि परेको अविरल वर्षाकाकारण ब्यहोर्नुपरेको जनधनको क्षतिमा मलमपट्टी लगाउनकालागि लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ एममार्फत लायन्स ईन्टरनेशनलमा अनुरोध गरिए बमोजिम ईमर्जेन्सी ग्रान्ट ट्रेकिङ नम्बर ईएमआर २४६८१÷३२५ एम मार्फत प्राप्त सहयोगबाट सामग्री हस्तान्तरण गरिएको हो ।
मानवीय सेवाहरुमा सहयोग गर्दै आईरहेको लायन्स क्लब अफ वालिङ सिटीले पहिरोपीडित भई आफन्तको घरमा बस्दै आएका दुई परिवारलाई सहयोग गरेको हो ।
दमैडाँडामा बस्दै आएका विष्णु दर्जी र विवेक दर्जी बस्दै आएका घरमा पहिरोले क्षति पु¥याएकाले आफन्तको बस्दै आएका हुन् ।
ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएको पहिरो पीडित परिवारलाई लायन्स क्लबले सहयोग गरेको हो । लायन्स क्लब अफ वालिङ सिटी मानवीय सेवामा निरन्तर लाग्दै आईरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिंदै अगाडि बढ्ने लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष स्वाँ श्रेष्ठले बताउनुभयो । लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष स्वाँ श्रेष्ठ, पूर्व अध्यक्षहरु दिपक लम्साल, सीताराम अधिकारी, उपाध्यक्ष पार्वती पंगेनीले सहयोग हस्तान्तरण गर्नुभएको हो ।




