छायाँक्षेत्र मन्दिरमा हरिशयनी एकादशीमा झण्डै १ लाख ९० हजार भेटी संकलन

0
261
oppo_2
Google search engine

आरती कुँवर
वालिङ, २ साउन ।
स्याङ्जाको प्रसिद्ध ऐतिहासिक मन्दिर छायाँक्षेत्र छाङछाङदीमा हरिशयनी एकादशीका अवसरमा झण्डै १ लाख ९० हजार भेटी संकलन भएको छ । असारे ठुली एकादशी अर्थात् हरिशयनी एकादशीको अवसरमा बुधबार छायाँक्षेत्र मन्दिर छाङछाङदीमा १ लाख ८९ हजार ७ सय ७ रुपैयाँ भेटि संकलन भएको हो ।

Google search engine

मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समिति संयोजक शोभाकान्त पौडेलका अनुसार मन्दिरमा दानपेटिकाबाट १० हजार ६५०, भजनमण्डलीबाट ३९ हजार १ सय ३०, स्टल विक्रिबाट २ हजार, पार्किङ सेवाबाट ५ हजार, सहयोग रसिदबाट २२ हजार ५ सय ७, आजिवन सदस्यताबाट ५० हजार, जलधाराबाट ३० हजार १ सय १०, शिव लिंगमा चढाईएको भेटि ३० हजार १ सय १० गरी १ लाख ८९ हजार ७ सय ७ रुपैँया भेटि संकलन भएको हो ।


एकादशीको अवसरमा मन्दिर दर्शन गर्नेको घुइचो लागेको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समिति संयोजक पौडेलले बताउनुभयो । तुलसी रोप्ने एकादशी साउन महिनामा परेकाले पनि मन्दिर दर्शन गर्नेको भिड लागेको हो । साउन महिना भगवान शिवको महिना भएकाले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गर्छ ।


जिल्लाकै पवित्र धार्मिक स्थलका रुपमा परिचित छायाँक्षेत्रमा श्रावण महिनामा शिवजीको ब्रत वस्दा मनोकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वास रहीआएको छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थ औँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने लगायत विभिन्न पर्वहरुमा भक्तजनको विशेष सहभागिता रहने गर्दछ । छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख गरिएको छ । मन्दिरमा स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, चितवन, कास्की, बाग्लुङ लगायत टाढाटाढाबाट पनि मन्दिर दर्शनका भक्तजनहरु आउने गरेका छन ।

Google search engine