त्रिशूलीमा खसेका बस र यात्रुको अवस्था थाहा हुन सकेन, आज फेरी खोजी हुने

0
162
Google search engine

असार, २९ ।
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा हिजो बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र ती बसमा रहेका यात्रुको अवस्था अझै अज्ञात रहेको छ । हिजो दिनभर खोजी कार्य भएपनि नभेटिएपछि राति खोजी कार्य स्थगित गरिएको थियो । आज बिहानैदेखि फेरि खोजी शुरु गरिने चितवन प्रहरीले जनाएको छ ।

Google search engine

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट तीन, चार किलोमिटर तलसम्म खोज्दा पनि नभेटिएको र नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताउनुभयो ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । उहाँकाअनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो ।

सिमलतालमा हिजो बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल डिलक्स बस र काठमाण्डौबाट गौरको लागि छुटेको गणपति डिलक्स बस पहिरोमा परेका हुन् । दुवै बसमा गरेर कम्तिमा ५० जना यात्रु रहेको अनुमान गरिए पनि यकिन विवरण प्राप्त भैनसकेको प्रहरीले जनाएको छ ।

तस्बिर ः नेपाली सेना
चितवन पहिरो – नेपाली सेनाद्वारा उद्धार कार्य जारी
चितवन, २८ असार ः चितवनको महानगरपालिका–२९ नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको र काठमाडौँबाट गौरतर्फ गईरहेको बस त्रिशुलिमा बेपत्ता
Google search engine