प्रेस यूनियनद्धारा पत्रकार महासंघ स्याङ्जा शाखामा अनिश्चितकालिन तालाबन्दी

0
269
Google search engine

स्याङ्जा १५ असार ।
नेपाल पत्रकार महासंघ स्याङ्जा शाखा कार्यालयमा तालाबन्दी गरिएको छ । पुतलीबजार नगरपालिका १ अभियानपथ स्थित नेपाल पत्रकार महासंघ स्याङजा शाखामा तालाबन्दी गरिएको छ । नेपाल पत्रकार महासंघले विवाद टुङ्ग्याउनुको साटो विधान विपरित सदस्यता वितरण तथा क्रियाशिल पत्रकारको सदस्यता कटौती गरेको भन्दै नेपाल प्रेस यूनियन स्याङ्जा शाखाले शनिवार दिउँसो तालाबन्दी गरेको हो ।

Google search engine

महासंघको विधान विपरित सदस्यता वितरण र नियतवश क्रियाशिल सदस्यको नाम हटाएको विरोधमा अनिश्चितकालिन तालाबन्दी गरिएको प्रेस यूनियन स्याङजा शाखाका अध्यक्ष तोलाकान्त बगालेले जानकारी दिनुभयो । पत्रकार महासंघ स्याङ्जा शाखाबाट सिफारिस भई गएका सदस्यका नामावली समावेशगरी जिल्लामा पठाई तत्काल आफनो निर्णय सच्चाउन तथा आसन्न निर्वाचनको वातावरण सिर्जना गर्न समेत अध्यक्ष बगालेको आग्रह छ ।


अन्यथा, यूनियनले आन्दोलनका कार्यक्रम अघि बढाउने समेत चेतावनी दिनुभयो । जिल्लाको सिफारिसलाई लत्याउदै केन्द्रिय कार्यालयले अनधिकृत रुपमा पठाइएका सदस्य मान्य नहुने र शुद्धिकरणका नाउमा क्रियाशिल पत्रकारको नाम हटाउने कार्यको बिरोध गरिएको छ । अनधिकृत सदस्यको नाम हटाई क्रियाशिल सदस्यको नाम थप गर्ने कार्य तत्काल सच्चाउन समेत प्रेस यूनियनको आग्रह छ ।

पत्रकार महासंघ स्याङ्जाले जिल्लामा क्रियाशिल पत्रकारका संघ, संगठन नेपाल प्रेस यूनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टरको सहभागितामा महासंघको विधान बमोजिम स्याङ्जा शाखाबाट सदस्यता नविकरण र नयाँ सदस्यताका लागि सिफारिस गरेको थियो । तर, केन्द्रले पछिल्लो पटक सार्वजनिक गरेको नाममा जिल्लामा क्रियाशिल पत्रकारको नाम हटाईएको छ भने विधान विपरित केन्द्रको मनोमानी ढंगले गैरपत्रकारका नाम उल्लेख गरि पठाएको छ ।


जिल्लाबाट सिफारिस भई गएका नामावली आसन्न निर्वाचनको अन्तिम मतदाता नामावलीमा समावेश नभएसम्म स्याङ्जा शाखा महासंघको निर्वाचनमा सामेल नहुने र कानूनी उपचारका लागि न्यायलय जाने सम्मका निर्णय प्रेस यूनियन स्याङ्जाको हालै बसेको बैठकले गरिसकेको अध्यक्ष बगालेले जानकारी दिनुभयो ।

Google search engine