स्याङजामा पहिरोले घर पुर्दा दुई जनाको ज्यान गयो

0
284
Google search engine

वालिङ, १५ असार ।
स्याङ्जामा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । अविरल वर्षाका कारण गएराति पहिरोले घर पुर्दा घरमा सुतिरहेका आमाछोरीको ज्यान गएको हो । फेदीखोला गाउँपालिका–५ बाँगेका ३१ बर्षीय दुर्गा जि.टी. र उहाँकी तीन बर्षकी छोरी निकिसा जि.टी.को ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । जिटीको ढुङगा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको हो । घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रूपमा क्षति भएको प्रवक्ता रानाले बताउनुभयो ।

Google search engine
Google search engine