वालिङ, ९ असार ।
स्याङ्जाको भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१–०८२ को लागि १४ औं नगर सभाले ७८ करोड २६ लाख २० हजारको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नगर उपप्रमुख भगवती अर्यालले आर्थिक वर्ष २०८१÷०८२ का लागी चालू तर्फ ५९ करोड ८९ लाख ७० हजार अर्थात ७६.५३ प्रतिशत रहेकोमा शसर्त अनुदानमा ४० करोड ९० लाख ७९ हजार रुपैँया अर्थात ५२.२७ प्रतिशत र नगरपालिकाको चालू खर्च १५ करोड ३८ लाख ९१ हजार रुपैँया अर्थात १९.६६ प्रतिशत रहेको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको हो ।
त्यस्तै पुँजिगततर्फ १८ करोड ३६ लाख ५० हजार रुपैँया अर्थात २३.४६ प्रतिशत र सामाजिक सुरक्षातर्फ १८ करोड रुपैँया अर्थात २३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१÷०८२ का लागी अनुमान गरिएको कुल विनियोजित रकम मध्ये चालू आर्थिक वर्षको मौज्दातबाट १ करोड २० लाख, आन्तरिक राजस्वबाट ४ करोड १७ लाख ७० हजार १७० रुपैँया, संघिय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट १० करोड ४७ लाख १५ हजार ८७० रुपैँया, अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट ४३ करोड ५१ लाख ३४ हजार रुपैँया र आन्तरिक स्रोतबाट ९० लाख रुपैँया हुने अनुमान उपप्रमुख अर्यालद्धारा सार्वजानिक गरिएको बजेटमा उल्लेख गरिएको छ ।
नगरसभामा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले निति तथा कार्यक्रम प्रस्तुत गर्दै भीरकोटमा चालू वर्षको जेष्ठ मसान्तसम्म २ किलोमिटर १९५ मिटर कच्ची सडकलाई कालोपत्र गरेको १५ किलोमिटर कच्ची सडकलाई पिसिसि ढलान गरेको र ६ किलोमिटर ७०० मिटर नयाँ सडकको ट्रयाक खोलिएको बताउनुभयो ।
प्लाष्टिक मुक्त भीरकोट घोषणाका लागी प्रत्येक घरधुरीलाई कपडाको २ थान झोला वितरण गरिने, प्रविधिमैत्रि सामुदायिक विद्यालयका लागी सिसि क्यामेरा जडान र इहाजिरी सम्बन्धी मेसिन खरिदका लागी इबिडिङ गरिएको र सम्बन्धीत आपुर्तिकर्तासंग सम्झौता गरिएको निति तथा कार्यक्रममा जानकारी दिईएको थियो । त्यस्तै आँधीखोला किनारमा रहेका २८ सय ९० रोपनी कृषि योग्य जमिनको संरक्षणका लागी विभिन्न निकायको समन्वयमा ८४८ मिटर क्षेत्रमा तटबन्धन गरिएको छ ।
त्यस्तै आगामी आर्थिक वर्षमा वडाहरुको भवन निर्माण गर्ने, ग्रामिण सडकलाई बाह्रै महिना संचालन गर्न मर्मतसंभार तथा सडक सरसफाई गर्ने, सिसौघारीमा रहेको खेलमैदानको विस्तार गरी खुल्ला व्यायमशालाको निर्माण गर्ने, खानेपानीको सहज पहुँच पु¥याउने, भीरकोट पार्कमा रहेको तालको मध्य मागमा मन्दिर निर्माण गर्ने, कृषिमा अनुदान, पशुपालनमा अनुदान सुत्केरी भैँसीलाई भत्ता दिईने निति तथा कार्यक्रममा समेटिएको छ ।
बाँसलगायतका कुकाठ कटान गर्न नगरबासीको निवेदन र वडा कार्यालयको सिफारिसमा रुख कटानका लागी ५० प्रतिशत अनुदानमा आरा मेसिन प्रदान गरिने, सिँचाईमा अनुदान दिईने, आँधीखोला नियन्त्रणका लागी तटबन्धन निर्माण गर्ने, पर्यटनको विकास, सामुदायिक विद्यालयका लेखा कर्मचारी बाल विकास सकजकर्तालाई सरकारबाट उपलब्ध हुादै आएको सुविधामा नगरपालिकाले ५० प्रतिशत थप गर्ने निति लिएको छ ।
छात्रवृत्ति, सेनेटरी प्याड, नगरको आन्तरिक स्रोतबाट कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीलाई खाजा उपलब्ध गराउने, खुसी पाठयक्रमलागू गर्न थप अध्ययन गर्ने, वातावरण तथा विपद व्यवस्थापन, सामाजिक विकास, महिलासंग उपमेयर कार्यक्रम, संस्थागत विकासलगायत निति तथा कार्यक्रममा समावेश गरिएका छन् ।
यसैबीच भीरकोटमा चालू आर्थिक वर्षको अहिलेसम्म विनियोजन गरिएको ५७ करोड ३३ लाख ३६ हजार मध्ये ४७ करोड २८ लाख ११ हजार ५१५ सामाजिक सुरक्षा सहित गरेर ८२ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगततर्फको विनियोजित २० करोड ६७ लाख मध्ये १३ करोड ६८ लाख ३७ हजार ४४० रकम खर्च गरेको हो ।