बसले ठक्कर दिंदा वृद्धको मृत्यु

0
29
Google search engine

वालिङ, ९ असार ।
स्याङ्जाको वालिङमा आज बसले ठक्कर दिंदा एक वृद्धको मृत्यु भएको छ । दिउसो एक बजे वालिङ ६ मिर्दी बजारस्थित सिद्धार्थ राजमार्गमा बसले ठक्कर दिंदा स्याङ्जाको बिरुवा गाउँपालिका ६ चिन्नेबास बस्ने ८१ वर्षीय दुर्गाबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो ।
प्रवक्ता रानाका अनुसार थापा बसबाट ओर्लेर बाटो काट्नेक्रममा सोही बसले ठक्कर घाईते हुनुभएको थियो ।
घाईते थापालाई उपचारकालागि वालिङस्थित ग्रहौं प्राथमिक अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको थियो । बस र बस चालकलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Google search engine
Google search engine