अग्नि पीडितलाई बलेवा सेवा समाज जापानद्वारा आर्थिक सहयोग

0
83
Google search engine

Google search engine

तोलाकान्त बगाले
वालिङ, १८ जेठ ।
बलेवा सेवा समाज जापानले बाग्लुङका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । बाग्लुङ नगरपालिका १२ अमलाचौरस्थित डाँडाखेत आसपासको जंगलमा लागेको आगोले स्थानीय यदुनाथ पौडेल र दधिराम पौडेलको घर गोठ जलेर पूर्णरुपमा नष्ट भएको थियो ।
अग्निपीडितहरुलाई आर्थिक सहयोग संकलन अभियान चलाएर बलेवा सेवा समाज जापानले रु. ७३ हजार ३९३ संकलन गरेको थियो ।
सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट संकलन गरिएको रकममध्ये यदुनाथ पौडेललाई रु. ४० हजार र दधिराम पौडेललाई रु. ३३ हजार ३९३ एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।
संकलन भएको रकम अग्निपीडित परिवारलाई बाग्लुङ नगरपालिका १२ का पूर्व वडा अध्यक्ष गुरुदत्त पाठक र अध्यक्ष महेन्द्र ढकालका बुवाको रोहबारमा हस्तान्तरण गरिएको हो । अग्निपीडितको सहयोगकालागि आर्थिक संकलन अभियानमा सहभागी भएर आर्थिक सहयोग गर्ने संघ संस्था तथा ब्यक्तिहरुलाई बलेवा सेवा समाज जापानले धन्यवाद दिएको छ ।

Google search engine