नेपाल प्रेस युनियनको स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

0
316
Google search engine

वालिङ जेठ १३ ।
नेपाल प्रेस युनियन स्याङ्जा शाखा सहित देशैभर ३३औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रेस युनियनको स्थापना दिवसको अवसरमा स्याङजा शाखाले विरामीहरुलाई फलफुल वितरण गरेको छ । नेपाल प्रेस युनियनको अभियान, भौतिक पेशागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान भन्ने मुल नाराका साथ पे्रस युनियन स्याङ्जा साखाले स्थापना दिवसको अवसरमा गह्रौँ प्राथामिक अस्पताल वालिङमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको हो ।

Google search engine

फलफुल वितरण पश्चात गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जा साखाका वरिष्ठ उपाध्यक्ष राधाकृष्ण डुम्रेले लोकतन्त्रको सच्चा पहरेदारको रुपमा रहेको प्रेस जगतले लोकतन्त्र प्राप्तिको विभिन्न कालखण्डमा भएको आन्दोलनमा यसको भुमिका स्मरणयोग्य रहेको बताउनुभयो । साथै वरिष्ठ उपाध्यक्ष डुम्रेले पत्रकारले मुलुक संकट परेका बेला कलमको माध्यमबाट देशलाई अगाडि बढाउन मद्दत गरेको बताउनुभयो ।

कार्यक्रममा प्रेस युनियनका निर्वतमान अध्यक्ष प्रदिप कोईराला, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष मणिप्रसाद अर्याललगयातले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पत्रकारहरु सक्रिय भएर नयाँ देश परिवर्तनका लागी मजबुत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम प्रेस युनियनका जिल्ला अध्यक्ष तोलाकान्त बगालेको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सचिव शंकर सुवेदीले गर्नुभएको थियो ।

Google search engine