भीरकोटमा ८० प्रतिशतमा मौरीगोला सहितको आधुनिक घार वितरण

0
70
Google search engine

भीरकोट नगरपालिकाले कृषकलाई मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ । नगरपालिकाको ८० प्रतिशत र कृषकको २० प्रतिशत लागत साझेदारीमा मौरीगोला घार वितरण गरिएको हो ।

Google search engine

गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्र्तगत भीरकोट नगरपालिका वडा नं. ९ का कृषकहरुलाई अनुदानमा मौरी गोलासहितको घार वितरण गरिएको हो । नौ हजार पर्ने मौरी गोला घार कृषकले १८ सय तिरेर लगेका छन् । मौरी गोलासहितको घार वितरण गर्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले महको सेवनले विभिन्न प्रकारका रोगसंग लड्न सक्ने शक्ति प्रदान गर्ने तथा पौष्टिक आहार पनि प्राप्त गर्न सकिने बताउनुभयो ।
साथै उहाँले मह सजिलै विक्री गर्न सकिने भएकाले मौरी पालन प्रति पछिल्लो समय कृषकहरु आकर्षित हुदै गएको बताउँदै दत्तचित्त भएर मह उत्पादन वृद्धि गर्न तर्फ लाग्न आग्रह गर्नुभयो । नागरिकलाई उद्यमी तथा आत्मनिर्भर बनाउने खालका कार्यक्रमलाई नगरले निरन्तरता दिँदै आएको बताउँदै उहाँले परिश्रमी कृषकको साथमा नगर सँधै साथमा रहने प्रमुख कर्माचार्यको भनाई छ ।

कार्यक्रममा उपप्रमुख भगवती अर्यालले मौरी पालन व्यवसायबाट कृषक व्यावसायिक र आत्मनिर्भर बन्न सकिने बताउँदै कृषकलाई आयआर्जनमा जोड्दै आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । ३४ जना कृषकहरुलाई मौरीगोला घार वितरण गरिएको कार्यक्रममा वडा अध्यक्ष भिमबहादुर गुरुङले वडाबासीलाई उद्यमशीलतामा अगाडि बढ्दै भरपुर लाभ लिन आग्रह गर्नुभयो ।

Google search engine