आठौं अरान्त कप प्रतियोगितामा पर्वत बोर्डिङ स्कूल विजयी

0
246
oppo_2
Google search engine

तोलाकान्त बगाले
वालिङ, २६ वैशाख ।
वालिङमा हिजो सम्पन्न भएको आठौं अरान्त स्मृति कपको उपाधि पर्वत ईङ्लिस बोर्डिङ स्कूलले जितेको छ । हिजो बिहान वालिङ खेलमैदानमा भएको फाईनल खेलमा पर्वत ईङ्लिस बोर्डिङ स्कूलले बालविद्या विकास बोर्डिङ स्कूल वालिङलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले बिजयी भएको हो । निर्धारित समयमा दुवै पक्षबाट गोलरहित बराबरी भएको थियो । अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि ट्राईब्रेकरमा धकेलिएको उक्त प्रतियोगितामा पर्वत बिजयी भएको हो ।

Google search engine

बिजयी भएको पर्वत बोर्डिङ स्कूलले नगद रु. पचास हजार नगदसहित रनिङ शिल्ड, ट्रफी हात पारेको छ । द्वितीय भएको बालविद्या विकास बोर्डिङ स्कूल वालिङले नगद रु. २५ हजारसहित शिल्ड प्राप्त गरेको छ । वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा १२ वर्ष मुनिका खेलाडीहरुको सहभागितामा अन्तरविद्यालयस्तरीय पुरुष ९ ए साईड फुटबल प्रतियोगिता गरिएको हो । प्रतियोगिता विभिन्न विधामा उत्कृष्ट विद्यालय तथा खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो ।

कुमार थापा र उहाँको परिवार संरक्षक रहेको उक्त प्रतियोगितामा स्याङ्जा र पर्वतका सामुदायिक र संस्थागत १२ विद्यालयहरुको सहभागिता रहेको थियो । गत शुक्रबारदेखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताको आज समापन तथा पुरस्कार वितरण गर्नुहुँदै वालिङ नगरपालिकाका प्रवक्ता पदमराज गुरुङले खेल क्षेत्रको विकासका लागि यसप्रकारका प्रतियोगिताको निरन्तरता जरुरी रहेको बताउनुभयो । खेल क्षेत्र तथा खेलाडीहरुको क्षमता विकास तथा खेलकूद सामग्रीका सन्दर्भमा भौतिक संरचना तथा प्रशिक्षणजस्ता कार्यहरुमा सहयोग गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङले आह«न्तको स्मृतिमा आयोजना गरिने यो प्रतियोगिताले यहाँका साना बालकहरुलाई फुटबलमा लाग्न प्रेरित गर्दै आईरहेको बताउनुभयो । यस प्रतियोगिताले स–साना बालबालिकालाई फुटबलतर्फ आकर्षित गर्दै आएकाले यहाँबाट विभिन्न उमेर समूहका खेलाडीहरु उत्पादन हुँदै जाने बताउनुभयो ।
समापन समारोह वालिङ युनाईटेड फुटबल क्लबका खेल संयोजक सुविन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन क्लबका सहसचिव तोलाकान्त बगालेले गर्नुभएको थियो ।

हाल रोजगारीको सिलसिलामा युकेमा रहनुभएका वालिङ ८ का कुमार थापाका सुपुत्र आह«न्त सानो उमेरमै फुटबल राम्रो खेल्दै आएपनि सानै उमेरमा उहाँको निधन भएको थियो । छोराको स्मृतिमा कुमार थापाले आह«न्त स्मृति कप फुटवल प्रतियोगितालाई वर्षेनी सौजन्य गर्दै आउनुभएको आयोजकले जनाएको छ ।

oppo_2
Google search engine