अकला नमुना साना किसान सहकारीका सदस्यहरुलाई सहकारी शिक्षा

0
104
Google search engine

वालिङ, २६ वैशाख ।
अकला नमुना साना किसान कृषि सहकारी संस्था वालिङले आफ्ना सदस्यहरुलाई प्रशिक्षित गर्दै आएको छ । संस्थामा रहेका १५ ओटा अन्तरसमूह अन्र्तगत रहेका ३६० समुहहरुमा आवद्ध सदस्यहरुका लागी सहकारीले सहकारी शिक्षा, वित्तिय साक्षरता, कृषि तथा पशुपालनका तालिमहरु संचालन गर्दै आएको छ । यसअन्र्तगत सहकारीले मंगलबार वालिङ ६ भरुवामा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा सदस्यहरुलाई सहकारी शिक्षा एवं वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको थियो ।

Google search engine

संस्थाको उद्देश्य नै आफ्ना सदस्यहरुलाई उत्पादनसंग जोडेर आर्थिक रुपमा सक्षम बनाउनु र बचत गर्ने बानीको विकास गरी भविष्य सुनिश्चित गर्नु रहेको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष अनुपमा ढुंगाना तिवारीले सहभागि सदस्यहरुलाई प्रशिक्षित गराउनुभएको हो ।
सदस्यहरुलाई उत्पादनमा जोड्ने उद्देश्यले संस्थाले सहुलियत दरमा ऋण उपलब्ध गराउने र सदस्यहरुलाई कृषि तथा पशुपालनमा आवद्ध बनाई आर्थिक रुपमा सक्षम बनाउने काम गर्दै आएको उपाध्यक्ष तिवारीले बताउनुभयो । सहकारीले एक अन्तर समूह अन्र्तगत १८ देखि ३० ओटा सम्म समूह निर्माण गरी काम गर्दै आएको छ । सहकारीले आफ्ना सदस्य कृषकहरुले उत्पादन गर्नुभएको दुध तथा दुग्धजन्य उपजहरु विक्रि वितरण गर्दै आएको छ ।
संस्थाले डेरीमार्फत आफ्ना सदस्यहरुको दुग्धजन्य उपज विक्रि गर्दैै आएको संंस्थाका प्रबन्धक लक्ष्मी पोख्ररेलले बताउनुभयो । नगरपालिकासंगको समन्वयमा गाई किन्नका लागी र दुध उत्पादनमा समेत अनुदान उपलब्ध गराउँदै आएको छ ।

Google search engine