महजन्य तथा स्थानीय जडीबुटी उपयोग गर्दै यूर्टन इन्टरनेशनल

0
75
Google search engine

वालिङ, २१ बैशाख ।
वालिङमा यूर्टन इन्टरनेशनल प्राईभेट लिमिटेडको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यूर्टन कम्पनीले उत्पादन गर्ने उत्पादनका विषयमा जानकारी गराउँदै गाउँघरका उत्पादित कच्च पदार्थ कम्पनीले खरिद गर्ने र अर्गानीक उत्पादन गरी गाउँमा पैसा पुर्याउने उद्देश्यले अभिमुखीकरणको आयोजना गरिएको हो ।

Google search engine

२०७७ सालमा स्थापना भएको कम्पनीको उद्योग काठमाडौमा रहेको र यस्ता उद्योगहरु धेरै स्थानमा विस्तार गरी किसानलाई उत्पादनसंग जोड्ने लक्ष्य लिएको छ । चिन्तामुक्त मानव निरोगी समाज उद्यमशील राष्ट गौरवशाली युर्टन भन्ने नाराका साथ अगाडि बढेको कम्पनीले महजन्य र यहीँ पाईने जडीबुटीबाट उत्पादनहरु उत्पादन गर्दै आएको छ । नेपालको उत्पादन नेपाली मार्फत नै अन्तराष्ट्रियकरण गर्ने र विदेशमा समेत नेपाली उद्यमीहरु स्थापित गर्ने कम्पनीले दावी गरेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले प्राकृतिक स्रोतले धनि देश नेपालको विकास र समृद्धिका लागी यहाँका संभावनाहरुको उजागर गरी सहि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । यहीँ उपलब्ध स्रोतको उपयोग गरी हाम्रो जिवनलाई अर्गानीक बनाउँदै स्वस्थ बन्नुपर्नेमा सांसद तिवारीको जोड थियो ।

हरेक व्यक्तिले आफ्नो तथा आफ्नो स्वास्थ्यको लागी विषेश ध्यान दिनुपर्ने भन्दै आँफू स्वस्थ भए परिवार र समाजलाई स्वस्थ राख्न सकिने सांसद तिवारीले बताउनुभयो । साथै कार्यक्रममा सांसद तिवारीले कम्पनीले नेपाली उत्पादनलाई अन्र्तराष्ट्रिकरण गरी विश्व बजारमा नेपालका उत्पादन विस्तार गर्ने, हरेक नेपालीलाई उत्पादनसंग जोड्दै उद्यमशीलता बनाउने ध्येयका साथ अगाडि बढेको भन्दै यो सकरात्मक भएको बताउनुभयो । कार्यक्रममा कम्पनीका फाईभ स्टार लिडर हरिचन्द्र पौडेलले सहजीकरण गर्नुभएको थियो ।

पौडेलले कम्पनीले विभिन्न किसिमका ५१ वस्तुहरु उत्पादन गर्दै आएको भन्दै गाउँका अर्गानीक पदार्थको प्रयोग गरी कम्पनीले गाउँगाउँमा पैसा पुर्याउने लक्ष्य लिएको बताउनुभयो । महका उत्पादनहरुले हाम्रो जिवनमा पार्ने प्रभाव र महत्वका विषयमा प्रकाश पार्दै हामी फेरि हाम्रै पुर्खाको पालामा फर्कनुपर्ने बताउनुभयो ।

Google search engine