पात पतिङ्गर पोल्न लगाएको आगोले वृद्धाको ज्यानै लियो

0
25
Google search engine

वालिङ, ६ बैशाख ।
स्याङ्जाको बिरुवामा पात पतिङ्गर पोल्न लगाएको आगोले वृद्धाको ज्यानै लिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार बिहीबार करिव ४ बजेको समयमा आँफैले लगाएको आगोले पोलिएर बिरुवा गाउँपालिका ७ कुमेरदुङकी ७४ वर्षीया रेउसरी गुरुङको मृत्यु भएको हो ।
आफ्नो बारीमा कोदोको बीउ राख्नलाई पात पतिङ्गर जलाउनेक्रममा जङ्गलमा आगो सल्किएको थियो । बारीमा पात पतिङ्गर जलाउँदै गर्दा आगो जङ्गलमा पसेपछि निभाउनेक्रममा वृद्धाको जलेर घटनास्थलमै मृत्यु भएको हो । घटनाकाबारेमा थप अनुसन्धान कार्य जारी रहेको छ । जलेको शवलाई पोष्टमार्टमकालागि जिल्ला अस्पताल स्याङ्जा ल्याईंदै छ ।

Google search engine
Google search engine