स्याङ्जाको वालिङमा राजयोग मेडिटेशन हुने

0
398
Google search engine

तोलाकान्त बगाले
वालिङ, ८ वैशाख ।
स्याङ्जाको वालिङमा चारदिने राजयोग मेडिटेशन हुने भएको छ । मानसिक शान्ति, पारिवारिक खुसी र सामाजिक समृद्धताकालागि वैशाख १६ देखि २० गतेसम्म चारदिन सञ्चालन हुने भएको हो ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय वालिङ शाखाको आयोजना तथा वालिङ नगरपालिकाको सहयोगमा मेडिटेशन हुने भएको हो । राजयोग मेडिटेशनको तयारीका विषयमा आज आयोजना गरिएको सरोकारवालाहरुको बैठकमा बोल्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले राजयोग मेडिटेशनका माध्यमबाट सहभागीहरुमा सतविचार सतभावनाको विकास गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।
सबै समस्याको हल आध्यात्मिक चिन्तनबाट हुने बताउँदै उहाँले आनन्द नै अन्तिम सत्य भएको धारणा ब्यक्त गर्नुभयो । चार दिनसम्म सञ्चालन हुने राजयोग मेडिटेशन अहिलेको समय परिवेश अनुसार निक्कै आवश्यक र जरुरी रहेको बताउँदै यसलाई सभ्य र भब्य ढंगबाट सफल बनाउन पनि उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा ब्रह्माकुमार शंकर देवकोटाले राजयोगको औचित्य, महशुषसहित यसको महत्वकाबारेमा प्रकाश पार्नुभएको थियो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय वालिङले राजयोग मेडिटेशनको तयारीका विषयमा विभिन्न सरोकारवाला पक्षहरुसँग निरन्तर छलफल गरिरहेको छ । सोही क्रममा आईतबार बिहान वालिङ नगरपालिकाका जनप्रतिनिधिहरु, पत्रकारहरुसँग छलफल गरेको हो ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय वालिङका प्रमुख कविता दिदीको अध्यक्षतामा सम्पन्न उक्त बैठकको सञ्चालन ओम शर्माले गर्नुभएको थियो । वालिङ ८ स्थित रेडपिपर पार्टी प्यालेसमा बिहानी, दिवास र सन्ध्याकालीन गरी तीन सत्रमा राजयोग मेडिटेशन हुने छ । चार दिवसीय प्रशिक्षण कार्यक्रममा वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्मकुमार राजु घले प्रमुख प्रशिक्षक रहनुहुनेछ । अनेकौं जिम्मेवारीहरुको दवाव, अस्वस्थ र अन्तहिन प्रतिस्पर्धा एवं बदलिंदो परिवेशसँगै सामना गर्नुपर्ने विभिन्न चुनौतिहरु रहेका छन् । अतिब्यस्त र तनावग्रस्त हुँदै गएको जीवनशैलीको उपज ब्यक्तिगत, पारिवारिक एवम् ब्यवसायिक समस्याहरुको वैज्ञानिक एवम् आध्यात्मिक विधिद्वारा समाधान गरी आत्मिक सुख, गहन मानसिक शान्ति एवम् आन्तरिक शक्तिको गहन अनुभूति गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । राजयोगलाई समुदायस्तरमा पु¥याउने र दैनिक पन्ध्र सयदेखि दुई हजार जना ब्यक्तिलाई प्रशिक्षण प्रदान गर्ने लक्ष्य आयोजकको छ ।

Google search engine
Google search engine