वालिङ, ८ चैत ।
स्याङ्जा अपाङ्ग समाजले वालिङ नगरपालिकालाई प्रशंसा पत्र हस्तान्तरण गरेको छ । आज वालिङ नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोखरेलले नगर उपप्रमुख कविता तिवारी, प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मामार्फत नगरपालिकालाई प्रशंसा पत्र प्रदान गर्नुभएको हो ।
वालिङ नगरपालिकामा स्याङ्जा अपाङ्ग समाजद्वारा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र द एशिया फाउण्डेशनको सहयोगमा सञ्चालित स्थानीय तहमा अपाङ्गता समावेशी कार्यक्रमतर्फ उल्लेखनीय कार्य गरेको भन्दै नगरपालिकालाई प्रशंसा पत्र प्रदान गरेको हो ।
कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर उपप्रमुख कविता तिवारी गैह«ेले वालिङलाई अपाङ्गमैत्री नगर बनाउने चाहनामा थप बल पुगेको बताउनुभयो । वालिङलाई अपाङ्गमैत्री नगर बनाउनकालागि सुरुआत भईसकेको बताउँदै यसलाई निष्कर्षमा पु¥याउन सबै सरोकारवालाहरुको साथ र सहयोगको अपेक्षा उहाँले गर्नुभयो ।
अपाङ्गता भएका ब्यक्तिहरुलाई उद्यमशीलतासँग जोड्दै अगाडि बढ्ने बताउँदै उत्पादित सामग्रीहरुको कोसेली घरमार्फत बजारीकरणकालागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
आगामी दिनमा पनि अपाङ्गताका सवालहरुमा समन्वय र सहकार्य गर्दै वालिङलाई अपाङ्गमैत्री पालिका बनाउन सहयोग गर्ने स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष एवम् वालिङ नगरस्तरीय पैरवी समूहका संयोजक राम शर्मा पोखरेलले बताउनुभयो ।