नेपाल प्रेस युनियनको बैठक चापाकोटमा सम्पन्न

0
226
Google search engine

चैत ४ वालिङ ।
नेपाल प्रेस युनियन स्याङ्जाले प्रशिक्षणसम्बन्धी गतिविधिहरुलाई प्रभावकारीरुपमा अगाडि बढाउने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट ८ स्थित धार्मिक महत्वको स्थान मणिमुकुन्देश्वर वेद विद्याश्रम गुरुकुल पाठशालामा बसेको बैठकले प्रशिक्षणसम्बन्धी गतिविधिहरुलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

Google search engine

नेपाल प्रेस युनियन केन्द्रले प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्नकालागि गरेको निर्देशन बमोजिम युनियनमा आवद्ध क्रियाशिल पत्रकारहरुको क्षमता वृद्धि तथा पत्रकारितामा प्रवेश गर्न चाहनेहरुकालागि आधारभूत तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगालेले बताउनुभयो ।

जिल्लामा क्रियाशिल पत्रकारहरुको क्षमता विकास गर्ने खालका प्रशिक्षणहरु र यस क्षेत्रमा आउन चाहनेहरुकालागि आधारभूत प्रशिक्षणका कार्यक्रमहरु जिल्लाभर नै सञ्चालन गर्ने तयारी भईरहेको अध्यक्ष बगालेले बताउनुभयो ।

जिल्लाका विभिन्न ठाउँहरुमा प्रशिक्षण सञ्चालन गर्नकालागि उपाध्यक्ष गोपिकृष्ण रेग्मीलाई समन्वय तथा तयारी गर्नकालागि जिम्मेवारी बैठकले दिएको छ ।
त्यस्तैगरी जिल्लाभित्रका हरेक गतिविधिहरुलाई प्रकाशन तथा प्रशारण गर्दै नागरिकहरुलाई सुसूचित गर्नकालागि अझै क्रियाशिल भएर अगाडि बढ्ने निर्णय गरेको छ । धार्मिक एवम् पर्यटकीय महत्वका दृष्टिले प्रचूर संभावना भएर पनि ओझेलमा परेका स्थानहरुको प्रचार प्रसार गर्ने उद्देश्यसहित जिल्लाका विभिन्न भागहरुमा घुम्ति बैठकहरु सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष बगालेले बताउनुभयो ।

Google search engine