वालिङ, २७ फागुन ।
स्याङ्जाको वालिङमा रहेको आँधीखोला सञ्चार सहकारी संस्थाको छैटौं अधिवेशनबाट अध्यक्षमा शान्ता थापा निर्वाचित हुनुभएको छ । संस्थाको आइतबार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा सर्वसम्मतिबाट नयाँ कार्य समिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा ताराप्रसाद श्रेष्ठ, सचिवमा हिमलाल पराजुली र कोषाध्यक्षमा बिमल अर्याल रहनुभएको निर्वाचन समिति संयोजक ध्रुबप्रसाद शर्मा पंगेनीले बताउनुभयो । यसैगरी सदस्यहरुमा अमृतप्रसाद खनाल, लोकनाथ अर्याल, श्रीकृष्ण सिग्देल, ध्रुब पंगेनी, हिमबहादुर विक, टंकप्रसाद तिवारी, चक्रबन्धु रेग्मी, ओमप्रसाद शर्मा र गोपालबहादुर जिटी सर्वसम्मत निर्वाचित हुनुभएको हो । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा तोयनारायण रेग्मी रहनुभएको छ भने सदस्यहरुमा छायाँदेवी अधिकारी र खुमा कोइराला अर्याल निर्वाचित हुनुभएको हो । २०६३ सालमा स्थापित सहकारी संस्थाद्वारा रेडियो आँधीखोला सञ्चालन गर्दै आएको छ ।